नेपालमा लगानी बारे एट्लन्टामा अन्तरक्रिया
एटलान्टा/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत जर्जिया च्याप्टरले नेपालमा लगानी र अवसर बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
एनआरएन जर्जिया च्याप्टरले अधिवक्ता द्वय सन्तोष तिवारी तथा दामोदर तिमिल्सिनाको उपस्थितिमा नेपालमा लगानी र अवसर, करको दायरा , नेपालमा रहेको पैतृक सम्पत्ति, गैर-आवासीय नागरिकता र लिने प्रक्रियाका बारे आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो।
एनआरएन जर्जियाका अध्यक्ष कपिल वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता सन्तोष तिवारी तथा दामोदर तिम्सिनाले वर्तमान गैर-आवसित नेपालीले गर्नु पर्ने क़ानूनी कुराहरू संविधानले दिएको अधिकार, आगामी दिनमा गर्नु पर्ने पहल, लगानी, करको दायरा, गैर-आवसित नागरिकताका बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा एनसीसीका कार्यवाहक अध्यक्ष राजु थापा, नागका अध्यक्ष विनोद थापा, अनेसास अध्यक्ष मिरा कोइराला, सामाजिक अभियन्ता कुमार केसी, विश्व आग्देम्वे, डा अनुपश्रीवास्तव, कुमार भण्डारी लगायतले भाग लिएका थिए।
कार्यक्रममा पत्रकार प्रेम बानिया, सामाजिक अभियन्ता तथा नागका पूर्व सभापति सी के पराजुली, भबिन्द्र बस्नेत, बाबुराम शर्मा, जयलाल शर्मा लगायत एटलान्टाका रहनु भएका सामाजिक अभियन्ताहरूको उपस्थिति थियो।
कार्यक्रममा अध्यक्ष वाग्लेले आफ्नो कार्यसमिति अहिले सम्म भए गरेका कामहरू बारे जानकारी दिएका थिए। उपाध्यक्ष विमल रेग्मी, कोषाध्यक्ष पारस थापाले कार्यक्रमको सहजीकरण तथा सचिव कृष्ण पराजुलीले कार्यक्रमको सञ्चालन गरेका थिए।