October 24, 2021

विविध

देश सही मार्गमा अघि बढिरहेको छ : मुख्यमन्त्री केसी

देश सही मार्गमा अघि बढिरहेको छ : मुख्यमन्त्री केसी

विविध
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अघि बढिरहेको बताएका छन् । संविधान दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै केसीले संविधानको पूर्ण पालना र सम्वद्र्धनका लागि सबै नेपालीहरुलाई आग्रहसमेत गरे । संविधान गतिशील दस्तावेज भएको भन्दै उनले  संविधानभित्रै रहेर यसलाई अझै समृद्ध बनाउँदै लैजान सकिने बताए । ‘हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गरेको छ’, उनले भने, ‘यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्न अपिल गर्दछु ।” सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन स...
जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

मुख्य समाचार, विविध
बैतडी, ३ असोज । बैतडीको पाटन नगरपालिका- ६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ । पाटन नगरपालिका- ६ निवासी जोशीको उपचारका क्रममा काठमाडौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । गत बुधबार बैतडीको पाटन नगरपालिका- ६ बेडौतीमा से१ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगंज लगिएको थियो । नेपालगंजमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्र न्युरो अस्पताल काठमाडौं लगिएको थियो । उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ । न्युज कारखाना ...
<h4>माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी</h4>   <h6>सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग</h6>

माओवादी केन्द्रद्वारा नगरमा तालाबन्दी

सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग

विविध
जाजरकोट, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सूचना प्रविधि अधिकृत हेमन्त बोहराको पुर्नवहालीको माग राख्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी गरेको छ । नगरपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो । त्रिपुरासुन्दरी नगरपालिका- ६ पालङ्गका स्थानीय बासिन्दा बोहरा २०७६/०७७ देखि नगरमा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत थिए । कार्यालयको काम इमानदारीपूर्वक नगरेको भन्दै नगरले उनलाई निलम्बन गरेको थियो । सूचना प्रविधि अधिकृत रहँदा बोहराले जनप्रतिनिधिको सम्पत्ति विवरण फारम भर्दा उपमेयर चन्दाकुमारी बुढाको नभरेर जरिमाना तिर्नुपरेको कारणलाई लिएर विभिन्न समयमा नगरले बोहरालाई स्पष्टीकरण सोधेको थियो । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नगर इन्चार्ज धर्मजित बोहरा, सचिव बुद्धि बुढा, ...
सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

सैनिक हत्या मुद्दाको क्षेत्राधिकारबारे जिल्ला अदालतको आदेश सदर

विविध
नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या मुद्दाका विषयमा देखिएको विवादमाथि उच्च अदालत पाटन हेटौंडा इजालसले चितवन जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । हत्या मुद्दाको क्षेत्राधिकारबारे चितवन जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालयबीच विवाद देखिएको थियो ।  यस विवादलाई टुंग्याउँदै हेटौंडा इजलासले हत्या मुद्दा सैनिक अदालतलाई सुम्पने चितवन जिल्ला अदालतको आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र निर्मला शाक्यको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेश सदर गरेको उच्च अदालतको हेटौंडाका सूचना अधिकारी केशव कौशिकले जानकारी दिए ।...
पौडी खेल्दा डुबेर बालिकाको मृत्यु

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु

विविध
भोजपुरको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी  खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ । आमचाोक  गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।...
<h4>सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा</h4>   <h6>पुन:निर्वाचनको माग</h6>

सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

पुन:निर्वाचनको माग

विविध
काठमाडौं, १ असोज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् । 'रामचन्द्र दाई आउनुभएको छ । पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ,' देउवाको सचिवालयका एक सदस्यले भने । डडेल्धुरामा सभापति देउवाले एकलौटी रुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुन:निर्वाचनको माग गर्दै आएको छ ।   ...
रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

रेडपान्डा जोगाउन कुकुरको बन्ध्याकरण

विविध
विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ । कुकुरको आक्रमणबाट रेडपान्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डा पाइने क्षेत्र वा बासस्थान नजिकका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपान्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपान्डाको अस्तित्व थप संकटमा पर्दै गएपछि रेडपान्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो । रेडपान्डाको संरक्षणमा क्रियाशील संस्थाहरु रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेका हुन् । रेडपान्डाको संरक्षण गर्न कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत ६ वर्षअघिदेखि नै बन्ध्याकरण अभियान थालेको हिमाली संरक्षण मञ्चका कार...
लगानी सम्मेलनको तयारीमा गण्डकी सरकार, मनिपाल भने बाहिरियो

लगानी सम्मेलनको तयारीमा गण्डकी सरकार, मनिपाल भने बाहिरियो

विविध
पोखरा, ३१ भदौ गण्डकी सरकारले प्रदेशभित्र आउँदो १० वर्षमा करिब २०० किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा रेलमार्ग भित्र्याउने सपना गण्डकीको छ । केरुङदेखि काठमाडौं र काठमाडौंदेखि पोखरा तथा पूर्व-पश्चिम रेलमार्ग अनि कोरलादेखि पोखरा हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माणमा प्रदेशको आस छ । पाँच वर्षमा ८० किलोमिटर र दोस्रो पाँच वर्षमा १८० किलोमिटर रेलमार्ग निर्माण गरिने प्रदेशको प्रथम पंचवर्षीय योजनामा उल्लेख छ । पूर्व-पश्चिम रेलमार्गअन्तर्गत नारायणगढदेखि बुटवल खण्डको दाउन्नेसम्म ८० किलोमिटर ट्र्याक पर्नेछ भने काठमाडौं-पोखरा रेलमार्गमा १२० किलोमिटर पर्छ । पर्यटन, कृषि, ऊर्जा, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनमार्फत प्रदेशलाई समृद्ध बनाउने योजनाको परिकल्पना छ । गण्डकीलाई नौवटा क्षेत्रमा विभाजन गरेर विकासको सपना अघि सारिएको छ । मुग्लिनदे...
चीनले सीमा मिचेको अध्ययन गर्न टोली हुम्लाको लाप्चा पुग्यो

चीनले सीमा मिचेको अध्ययन गर्न टोली हुम्लाको लाप्चा पुग्यो

विविध
सुर्खेत, २८ भदौ । सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो । नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद अध्यायन टोली गठन गरिएको थियो । लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको थियो । लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र ...
प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

विविध
सिरहा, २८ भदौ सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् । इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक...