October 24, 2021

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित 

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित 

खेलकुद, मुख्य समाचार
काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै  आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे । ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्...
नेपाल–बंगलादेश दुई मैत्रीपूर्ण शृंखला : फिनिसिङमै नेपाल कमजोर 

नेपाल–बंगलादेश दुई मैत्रीपूर्ण शृंखला : फिनिसिङमै नेपाल कमजोर 

खेलकुद
रमेश सुवेदी काठमाडौं, २८ भदौ । मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितिमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । घरेलु मैदानमा भएको खेलमा नेपालले आशालाग्दो प्रदर्शन गर्न सकेन । दुवै खेलमा नेपालले कमजोर प्रदर्शन गर्यो । भ्रमणकारी टोली बंगलादेशले भने सुधारिएको खेल प्रदर्शन गर्यो । दशरथ रंगशालामा २४ भदौमा भएको पहिलो खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भयो । आइतबारको खेलमा पहिलो खेलको तुलनामा झनै कमजोर प्रदर्शन गर्दै बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो ।   नेपालले दुई मैत्रीपूर्ण खेल आगामी एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीस्वरूप खेलेको थियो । उज्वेकिस्तानमा आयोजना हुने समूह ‘एफ’ को खेलमा नेपालले २ असोजमा फिलिपिन्स र ५ असोजमा हङकङसँग खेल्नेछ । यदि समूहको शीर्षस्थानमा रहे नेपालले अर्को वर्ष भारतमा हुने महिला एसिया कपमा स्था...
रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन अशोज १ गते देखि

रिभाईभ लिजरपार्क राष्ट्रिय ब्याडमिन्टन अशोज १ गते देखि

खेलकुद
रिभाईभ लिजरपार्कको स्थापनाको उपलक्षमा ‘‘प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’’ अशोज १ गते देखि हुने भएको छ । पार्कको आफ्नै कभर्डहलमा हुने च्याम्पियनसिपले कोभिडबाट प्रभावित खेलाडीहरुलाई पुनर्ताजगी बनाउने आकांक्षा गरिएकोछ । सकारात्मक र स्वस्थ जीवन जिउने उत्प्रेरणाका साथ आयोजना गर्न लागिएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शिर्ष २० देखि बाहेकका पुरुष युगल र ४० बर्ष माथिीका भेटरान्स युगल गरि ४ विधामा खुल्ला प्रतियस्पर्धा हुने छ । च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरु, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरि तीन विभागिय टिम, विभिन्न संघ संस्था, क्लब, नेपालमा बसोबास गर्दै आईरहेका विदेशी खेलाडीहरुलाई पनि सहभागिता गराईने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । नेपाल ब्याडमिन्टन संघको स्विकृती तथा प्राविधिक सहयोगमा हुने ...
फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

खेलकुद
  काठमाडौं, भदौ २९– नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेरसमूहको स्पोर्ट्स र ट्रेडिसनलपुम्सेमा स्वर्ण जितेका हुन् । सन्जीवले स्पोर्ट्स तर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चिक्त बुझाए । स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए । यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोट्रोस पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् । स्पोट्...
खेलाडीलाई आर्थिक सहयोग

खेलाडीलाई आर्थिक सहयोग

खेलकुद
राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । टेबल टेनिसका चन्दन शाहीलाई ७० हजार तथा तेक्वान्दोका महमद वेशलाई ८० हजार रुपैयाँ सहयोग प्रदान गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । महमदको चेक तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीणकुमार श्रेष्ठलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो । उक्त अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।    ...
पलेशा पुरस्कृत

पलेशा पुरस्कृत

खेलकुद, मुख्य समाचार
काठमाडौं, भदौ २५ गते । बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघल २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसवापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।   सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे । ...
बंगलादेशले गोल फर्कायो

बंगलादेशले गोल फर्कायो

खेलकुद
न्युज कारखाना काठमाडौं, २४ भदौ नेपालविरुद्ध बंगलादेशले गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको हो । बंगलादेशकी हुरा खातुनले गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो । ८१ मिनेटमा बंगलादेशले गोल गरेसँगै खेल २-१ को स्थितिमा चलिरहेको छ । ...
बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी

बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी

खेलकुद
रमेश सुवेदी/न्युज कारखाना काठमाडौं, २४ भदौ पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् । खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले  मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा...