October 24, 2021

मुख्य समाचार

कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

कांग्रेसले भागबन्डामा टुंग्यायो मन्त्रीका अनुहार, मन्त्रालय टुंग्याउन बाँकी

मुख्य समाचार, समाचार
काठमाडौं, १२ असोज । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा.नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन् । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । रिजाललाई महामन्त्री डा.शशांक कोइरालाको पनि समर...
कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो 

कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो 

मुख्य समाचार
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो । ६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दुई जनाले पालिकाको नेतृत्व पाएका छन् । तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन् । बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । कोञ्ज्योसोम गाउँपालिक, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदानबाट नेतृत्व चयन भएकाे थियाे । यी हुन् देउवा पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी : बागमती गाउँपालिका  सभापति – वीरबहादुर लामा उपसभापति – जगत लो उपसभापति – ओमनाथ तिमल्सिना आकाश सचिव - सुजन घिमिरे सचिव - डोलकेश...
जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

मुख्य समाचार, विविध
बैतडी, ३ असोज । बैतडीको पाटन नगरपालिका- ६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ । पाटन नगरपालिका- ६ निवासी जोशीको उपचारका क्रममा काठमाडौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । गत बुधबार बैतडीको पाटन नगरपालिका- ६ बेडौतीमा से१ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगंज लगिएको थियो । नेपालगंजमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्र न्युरो अस्पताल काठमाडौं लगिएको थियो । उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ । न्युज कारखाना ...
आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित 

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपालको पहिलो जित 

खेलकुद, मुख्य समाचार
काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै  आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे । ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्...
अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशनपछि एनआरएनएमा असन्तुष्टि

अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशनपछि एनआरएनएमा असन्तुष्टि

प्रवास, मुख्य समाचार
काठमाडौँ, २८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका प्रतिनिधि चयन गर्न संस्थापन पक्षले व्यापक ‘धाँधली’ गरिरहेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको छ। १८ वर्ष लामो इतिहास भएको गैरआवासीय नेपाली संघको विषयलाई लिएर नेपाल सरकारले छानबिन समिति नै गठन गरेको यो पहिलो पटक हो। मन्त्रालयले छानबिन समितिले आफ्नो काम पूरा नगरेसम्म महाधिवेशनका बाँकी गतिविधि रोक्न निर्देशन पनि दिएको छ। संघले आगामी अक्टोबर २३, २४ र २५ मा १०औं महाधिवेशन हुने मिति तोकेको छ । तर चुनाव हुने दिन भने सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानविन गर्न नेपाल सरकारले शुक्रबार (१० सेप्टेम्बरमा) अनुगमन समिति गठन गरिएको उल्लेख छ। गैरआवासीय नेपालीसम्बन्धी नियमावाली २०६६ को नियम १६ बमोजिम अनुगमन ...
रामचन्द्र पौडेलले भने- धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन

रामचन्द्र पौडेलले भने- धाँधली गरी भएको निर्वाचनलाई मान्यता दिनु हुँदैन

मुख्य समाचार, समाचार
काठमाडौं, २८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडले पार्टीको १४औँ महाधिवेशनको कार्यक्रमअन्तर्गत भएका वडा अधिवेशनमा भएको आरोप लगाएका छन् । आफू निकट केन्द्रीय सदस्यहरूको बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पौडेलले सभापति शेरबहादुर देउवाबाट गराइएको फेक निर्वाचनलाई निर्वाचन समितिले मान्यता दिन नहुने बताए । बैठकपछि जारी गरिएको विज्ञप्तिमा डडेल्धुरासहितका जिल्लामा भएका क्रियाशील सदस्यता र वडा अधिवेशनको धाँधलीलाई सच्याउनुपर्ने माग गरिएको छ । पार्टी सभापति देउवा पक्षले शक्ति र सत्ताको आडमा विधान र प्रावधान तोडेर क्रियाशील सदस्यता वितरण गरिनु र वडा अधिवेशन गरिनु खेदजनक रहेको पौडेल समूहको भनाइ छ । न्युज कारखाना  ...
एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

प्रवास, मुख्य समाचार
काठमाडौं, २८ भदौ नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेको र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले सरकारको पत्र पठाएको पुष्टि गर्दै संघले यसबारे छलफल गर्ने बताए । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै २५ भदौमा जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी काम रोक्नु भनिएको छ । यसअघि निर्वाचन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी छानबिन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्व...
केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

मुख्य समाचार, समाचार
काठमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको 'नेपाली कम्युनिस्टको कार्यदिशा' पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे । 'अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ' उनले सुनाए, 'के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ भने ।' त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । 'ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,' उनको भनाइ थियो । 'सिक्न...
पलेशा पुरस्कृत

पलेशा पुरस्कृत

खेलकुद, मुख्य समाचार
काठमाडौं, भदौ २५ गते । बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघल २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । त्यसवापत पलेशाले ४० हजार नगद प्राप्त गरिन् । पलेशाले रिपाचेजको पहिलो खेलमा अमेरिका र दोश्रोमा सर्बियाका खेलाडीलाई पराजित गर्दै इतिहास रचेकी थिइन् ।   सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि समान ७–७ हजार नगदसहित पुरस्कृत गरियो । नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, संघका अध्यक्ष दीपक गुरुङलगायतले उनीहरुलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे । ...
देउवाले निजी निवासमा बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक

देउवाले निजी निवासमा बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक

मुख्य समाचार, समाचार
२७ साउन, रौतहट । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताहरुको बैठक बोलाएका छन् । बुधबार देउवाले आफ्नै निजी निवास बूढानीलकण्डमा बैठक बोलाएका हुन् । साउन २८ गते (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्नेका लागि बोलाइएको बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ । Text Bold...