October 24, 2021

अर्थ

गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

अर्थ
सुर्खेत, ३ असोज । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत-काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो । देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग हाल पाँचवटा जेट इन्जिन र दुईवटा ट्विनअटर जहाज छन्’, उनले भने, 'सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगंजका लागि भर्ने योजना छ ।’ नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सस्तो भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो’, थापाले भने, ‘यसै पनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो,...
जुट खेतीप्रति कृषकको आकर्षण घट्दै

जुट खेतीप्रति कृषकको आकर्षण घट्दै

अर्थ
झापा, २८ भदौ । गौरीगञ्ज-५ का ग्रहणलाल गणेशले एक विघा पाटा (जुट) खेती लगाएका छन् । उनको एक विघामा २५ मन बढी पाटा फलाए । अहिले पाटाको मूल्य प्रतिमन ३२ सयसम्म मूल्य रहेको उनी बताउँछन् । तर, पाटा लगाएदेखि सुकाएसम्म निकै झन्झटिलो हुने गरेको उनको भनाइ छ । ग्रहणलालका अनुसार विगतमा दक्षिणी क्षेत्रका अधिकांश खेतीमा पाटा लगाइन्थ्यो । तर, पछिल्लो समय नगदे बाली पाटा खेती देखिनै छाडेको उनी बताउँछन् । ‘धान खेतीजस्तो सजिलो छैन पाटा खेती । धेरै झन्झट छ । खर्च पनि धेरै लाग्छ । तर, मूल्य छैन । यसपटक चाहिँ ३२ सयसम्म पुगेको छ रे !,’ उनी भन्छन्, ‘अहिले त पाटा लगाउन काम गर्ने मान्छे नै पाइँदैन । बरू विदेश गएर कमाउँछन् । पाटा खेती लगाउने मान्छे नै पाइँदैन ।’  झापाको दक्षिणी क्षेत्रमा हुने पाटा खेती आदिवासी समुदायको संस्कृतिसँग जोडिएको छ । विगतमा आदिवासीले पाटाबाट झोला  बनाउने, पशुचौपाय बाध्नका लागि डोर...
विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण

विदेशबाट फर्किएका युवाको किबी खेतीमा आकर्षण

अर्थ
प्रकाश पाक्साँवा तेह्रथुम, २८ भदौ विदेशबाट फर्किएका तेह्रथुमका युवाहरू किबी खेतीतर्फ आकषर्ण बढ्न थालेको छ । थोरै जमिनमा धेरै आम्दानी हुने भएकाले किबी खेतीतर्फ किसानहरू आकर्षित बनेका हुन् । जिल्लाको ग्रामिण भेगहरूमा यतिबेला किबी खेतीको विस्तार हुनेक्रम बढ्दो छ । नयाँ फल भएकाले पनि किबी खेतीलाई किसानले विस्तार गर्दै गएका छन्  । घमाइलो तथा मलिलो माटोमा उत्पादन हुने भएकाले किसानको प्राथमिकतामा किबी खेती परेको हो । खेतीलाई विस्तार गर्दै गाउँलाई किबी पकेट क्षेत्रको रुपमा विकास गर्दै आएको किसान गोविन्द बागदासले बताए । जिल्लाको म्याङलुङ र लालीगुराँस नगरपालिकाका साथै छथर गाउँपािलकामा किबी खेती किसानको रोजाइमा पर्न थालेको हो । वैदेशिक रोजगारबाट फर्किएका युवाहरू पनि यो खेतीमा रमाइरहेका छन् । आठ वर्ष साउदी बसेर फर्किएका म्याङलुङ १ ओख्रे  टंकवहादुर खत्रीले किबीलाई व्यावसायिक खेती गर्ने उ...
साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा

साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा

अर्थ
  काठमाडौं, २५ भदौ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १८ प्रतिशत बोनस सेयर दिएको थियो । कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गर्नेछ । साधनाले हाल कायम २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। न्युज कारखानाबाट...
कुलमानको नियुक्ति लगतै बढन थाल्यो हाइड्रोपावरको शेयरमूल्य

कुलमानको नियुक्ति लगतै बढन थाल्यो हाइड्रोपावरको शेयरमूल्य

अर्थ, मुख्य समाचार
२७ साउन, रौतहट । लगातार चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से सकारात्मक भएको छ । मंगलबार (हिजो) ३१६१.६५ अंकको नयाँ उचाइ कायम गरेको नेप्सेमा आज ०.९४ अंकको सामान्य वृद्धि हुँदा ३१६२.५९ अंकको नयाँ उचाइ कायम गरेको छ । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएसँगै हाइड्रोपावरमा आज थप आकर्षण देखिएको छ । आज नेप्सेमा बैंकिङ, विकास बैंक, वित्त कम्पनी, उत्पादनमूलक, लगानीलगायत अधिकांश उपसूचकमा गिरावट भए पनि हाइड्रोपावर उपसूचकले लिड गर्दा नेप्सेमा सामान्य वृद्धि भएको हो । आज हाइड्रोपावर उपसूचक ३.९२ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक २.७८ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.३ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त र जीवन बिमा उपसूचक पनि सामान्य बढेको छ । यता, व्यापार उपसूचक १.२५ प्रतिशत, विकास बैंक उपसूचक ०.७६ प्रतिशत, बैंकिङ उपसूचक ०.६७ र वित्त कम्पनी उ...