October 24, 2021

प्रवास

अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशनपछि एनआरएनएमा असन्तुष्टि

अधिवेशन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशनपछि एनआरएनएमा असन्तुष्टि

प्रवास, मुख्य समाचार
काठमाडौँ, २८ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनका प्रतिनिधि चयन गर्न संस्थापन पक्षले व्यापक ‘धाँधली’ गरिरहेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको छ। १८ वर्ष लामो इतिहास भएको गैरआवासीय नेपाली संघको विषयलाई लिएर नेपाल सरकारले छानबिन समिति नै गठन गरेको यो पहिलो पटक हो। मन्त्रालयले छानबिन समितिले आफ्नो काम पूरा नगरेसम्म महाधिवेशनका बाँकी गतिविधि रोक्न निर्देशन पनि दिएको छ। संघले आगामी अक्टोबर २३, २४ र २५ मा १०औं महाधिवेशन हुने मिति तोकेको छ । तर चुनाव हुने दिन भने सार्वजनिक गरेको छैन। परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानविन गर्न नेपाल सरकारले शुक्रबार (१० सेप्टेम्बरमा) अनुगमन समिति गठन गरिएको उल्लेख छ। गैरआवासीय नेपालीसम्बन्धी नियमावाली २०६६ को नियम १६ बमोजिम अनुगमन ...
एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

प्रवास, मुख्य समाचार
काठमाडौं, २८ भदौ नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेको र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले सरकारको पत्र पठाएको पुष्टि गर्दै संघले यसबारे छलफल गर्ने बताए । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै २५ भदौमा जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी काम रोक्नु भनिएको छ । यसअघि निर्वाचन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी छानबिन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्व...