October 24, 2021

अमेरिका

अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन् :  तालिवान प्रवक्ता मुजाहिद

अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन् :  तालिवान प्रवक्ता मुजाहिद

अमेरिका
काबुल, २८ भदौ । तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूतजस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् । लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ । ‘अमेरिका र अफगान फौजले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई दिएको एक अन्र्तवार्तामा उनले भनेका छन् । अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरुको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिए । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थ...