October 24, 2021

विश्व

कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा

कोभिड संक्रमण नजरअन्दाज गर्ने फ्रान्सेली स्वास्थ्यमन्त्री अदालतमा

विश्व
 काठमाडाैं, २७ भदौ । आफू स्वास्थ्यमन्त्री हुँदा देशमा फैलिरहेको कोरोना महामारी नजरअन्दाज गर्ने फ्रान्सकी एक नेतृ अदालत उपस्थित भएकी छन् । पूर्वस्वास्थ्यमन्त्री एग्नेस बजयान कार्यक्षमतामा अयोग्यसम्बन्धी मुद्दामा अदालत उपस्थित भएकी हुन् । गत वर्षको जनवरीमा बजयानले देशमा कोरोना संक्रमणको दर नगण्य भएको बताएकी थिइन् । विवादास्पद अभिव्यक्तिपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । उनीविरुद्ध अदालतमा अयोग्यतासम्बन्धी मुद्दा दायर भएको थियो । महामारी नियन्त्रणमा उचित कदम नचालेको उनीमाथि आरोप लागेको छ । महामारी रोक्न आवश्यक कदम नचालेको भन्दै अदालतमा १४ हजार पाँच सय उजुरी परेको थियो । चिकित्सक, विभिन्न पेसाकर्मी, बन्दी र सर्वसाधारणले उजुरी दिएका थिए । फ्रान्समा कोभिडका कारण अहिलेसम्म एक लाख १६ हजारको मृत्यु भइसकेको छ । संक्रमण फैलिएपछि अहिलेसम्म ६९ लाख संक्रमित भएका छन् । एजेन्सी फोटो अल जज...
अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

अफगानिस्तानलाई सहयोग गर्न दातृ राष्ट्रहरुको सम्मेलन, ६० करोड डलर जुटाउने लक्ष्य

विश्व
जेनेभा, २८ भदौ । द्वन्द्वका कारण आर्थिक संकटमा परेको अफगानिस्तानलाई सहयोग प्रदान गर्ने उद्देश्यले राष्टसंघले आज सहायता सम्मेलन गर्दैछ । राष्ट्रसंघले विभिन्न दातृ राष्ट्रहरुबाट अफगानिस्तानमा तत्काल ६० करोड डलर जुटाउने लक्ष्य राखेको छ । तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न भएको छ । गत महिना तालिवानले सत्ता कब्जा गर्नुअघि १ करोड ८० लाख अफगानी वैदेशिक सहयोगमा निर्भर थिए । खडेरी, खाद्यन्न तथा पर्याप्त रकमको अभावका कारण वैदेशिक सहयोगमा निर्भर हुने अफगानीको संख्या अझै बढी हुन सक्ने राष्ट्रसंघको अनुमान छ । पश्चिमा मुलुकको सहयोगमा स्थापित अफगान सरकार ढलेसँगै दातृ राष्ट्रले अफगानिस्तानबाट सहयोगको हात झिकेका छन्, जसका कारण राष्ट्रसंघ दबाबमा छ । राष्ट्रसंघका महासचिब एन्टोनियो गुटरेसले अफगानिस्तानमा आर्थिक सहयोग जुटाउन राष्ट्रसंघले प्रयास गरिरहेको बताएका छन् । दातृ राष्ट...
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण, अमेरिकाले भन्यो–छिमेकीलाई ठूलै खतरा देखियो

उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण, अमेरिकाले भन्यो–छिमेकीलाई ठूलै खतरा देखियो

विश्व
प्योङयाङ, २८ भदौ । उत्तर कोरियाले लामो दूरीको मिसाईल  परीक्षण गरेको छ । प्योङयाङले लामो दूरीको क्रुज मिसइल परीक्षण गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरका आणविक कार्यक्रमलाई लिएर प्योङयाङ र वासिंगटनबीच तनाब बढिरहेका बेला उसले पुनः आणविक होड देखाएको हो । उत्तरको पछिल्लो परीक्षणले छिमेकी मुलुक र वरपरका अन्य क्षेत्रमा खतरा निम्त्याएको अमेरिकाले टिप्पणी गरेको छ । ‘उत्तरको पछिल्लो गतिविधिले उसले आफ्नो सैन्य कार्यक्रमलाई निरन्तर विकास गरेको र छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायलाई खतरा निम्त्याएको देखिन्छ,’ अमेरिकी हिन्द–प्रशान्त कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मिसाइल परीक्षण सफल भएको र यसले उत्तरलाई शत्रुबिरुद्ध लड्ने अर्को प्रभावकारी  कवच प्रदान गरेको प्योङयाङको दाबी छ । मिसाइल परीक्षणलाई उत्तर कोरियाले ‘ठूलो महत्व राख्ने रणनीतिक हतियार’ भनेको छ । विज्ञहरुक...
अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

विश्व
काबुल, २८ भदौ । अफगानिस्तानका विश्वविद्याययमा महिला र पुरषका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने बताए । पछिल्लो नीतिले तालिबान शासनमा परिवर्तनको संकेत गरेको छ । छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन हुनेमा धेरैले आशंका गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरुप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाई छ । तर, शिक्षामन्त्री हक्कानीले आफूहरुसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ । यसैबीच, तालिवानले छात्राको पोसाकसम्बन्धी नयाँ नियम ल्याउने भएको छ । नय...
स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

स्वास्थ्य आपतकालका लागि सबै देश तयारी अवस्थामा रहनुपर्छ : डब्लूएचओ

विश्व
काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई भविश्यमा आउन सक्ने स्वास्थ्य आपतकालिका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ । हाल जारी कोभिड–१९ महामारी जस्तै भविष्यमा आउन सक्ने स्वास्थ्य आपतकालका लागि सधै तयारी अवस्थामा रहन डब्लूएचओको आग्रह छ । नेपालमा जारी ७४औं बैठकमा सहभागी राष्ट्रका स्वास्थ्यमन्त्रीले भविष्यमा कोभिड–१९ महामारी जस्तै आपतकालिन महामारी आउनसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य प्रणालीलाई थप सबल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् । क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले कोभिड–१९ महामारीले विश्व स्वास्थ्यमा अभूतपूर्व चुनौत ल्याएको बताएका छन् । विश्वका कुनै पनि देश कोभिड–१९ जस्ता रोगको आपतकालिन सामना गर्न तयार नरहेको अहिलेको स्वास्थ्य प्रणालीले देखाएको उनले बताए । आपतकालिन जोखिम व्यवस्थापनको सवलिकरण सन् २०१४ देखि ...