October 24, 2021

विचार

संविधान अक्षरशः पालना नहुँदा नागरिकका मौलिक हक कुण्ठित

संविधान अक्षरशः पालना नहुँदा नागरिकका मौलिक हक कुण्ठित

विचार
दैलेख, ३ असोज । सिंहदरबारमा रहेको शक्तिलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्यान्नलाई मौलिक हक स्थापित गर्ने घोषणासहित संविधान आएको ६ वर्ष भयो । तर, यी मूल उद्देश्यतर्फ सकारात्मक पहल नगरेर संविधानलाई नै कमजोर बनाइएकोमा कानुन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । सिंहदरबारले अभ्यास गर्दै आएको शक्ति आफ्नो हातबाट फुत्काउन नचाहेकाले संघीयता कार्यान्वयन हुन नसकेको गुनासो बढेको छ । संघ, प्रदेश र स्थानीय तहले साझा रूपमा उपभोग गर्नुपर्ने गरी संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन नबनाइएको र बनाइएका कानुनमा पनि संविधानप्रदत्त स्वायत्तताको अभ्यासका लागि प्रोत्साहन कम, नियन्त्रणमुखी व्यवस्था बढी राखिएको उनीहरूको बुझाइ छ । संविधान आएको ६ वर्ष  पुग्दा पनि नागरिकले संविधानमा भएको मौलिक हकहरूको अनुभूति गर्न पाएका छैनन् । सं...
‘कूटनीतिक नोट’ सधैं गुपचुप, भारतबाट किन आउँदैन जवाफ ?

‘कूटनीतिक नोट’ सधैं गुपचुप, भारतबाट किन आउँदैन जवाफ ?

विचार
काठमाडौं, २८ भदौ विगतका घटनामा जस्तै सरकारले पठाएको कूटनीतिक नोटको यसपटक पनि भारतले बेवास्ता गरेको छ । दुई महिनाअघि दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएको जयसिंह धामी र नेपाली भूमिमा नेपाली प्रशासनको अनुमतिबिना हेलिकोप्टर उडाएको विषयमा भारतलाई ‘कूटनीतिक नोट’ पठाएको एक साता बित्यो । भारतले सो विषयमा कुनै जवाफ पठाएको छैन । दार्चुलाको व्यास गाउँपालिकाका स्थानीय जयसिंह धामी तुइनबाट खसेर नदीमा बेपत्ता भएपछि सरकारले अनुसन्धान गर्ने भन्दै डेढ महिनासम्म बितायो । यसबीचमा सरकारले घटनाको विषयमा कुनै जवाफ माग्ने कोसिस गरेन । बरु सरकारले अनुसन्धान भइरहेकाले केही समय कुर्न सर्वसाधारणसँग अनुरोध ग¥यो । भारतको विषयमा गृह मन्त्रालयले कुनै प्रतिक्रिया नजनाउनसमेत विज्ञप्ति जारी गरेको थियो । दार्चुला घटनाको विषयमा सर्वसाधारणबाट सरकारको तीव्र आलोचना भएपछि गृह मन्त्रालयका सहसचिव नेतृत्वमा छानविन समिति गठन...