एकता समाजको वनभोज कार्यक्रम सम्पन्न
वरनेट, टेक्सस / ग्रेटर अस्टिन नेपाली एकता समाजले मे १९ गते आइतबार पारिवारिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
टेक्ससको राजधानी शहर अस्टिन देखि करिब ८० माइल उत्तर पश्चिममा रहेको बुकानन ताल क्षेत्रमा पर्ने ब्ल्याक रक पार्कमा वनभोज आयोजना गरिएको हो ।
बुकानन ताल क्षेत्रलाई हेमिल्टन जलाशय भनेर पनि चिनिन्छ । यो जलाशय माछा मार्न, डुङ्गा शयर गर्न र पौडी खेल्न निकै प्रसिद्ध रहेको छ । पिउने पानीको स्रोत संरक्षण गर्न र विद्धुत उत्पादन गर्न सन १९३९ मा निर्माण सम्पन्न गरिएको यो जलाशय २२ हजार ३ सय ३३ एकडमा फैलिएको छ । यो ताल क्षेत्र स्थानीय वरनेट र ललानो काउन्टीमा पर्दछ ।
यो वनभोज ग्रेटर अस्टिन क्षेत्रमा भर्खरै संगठित हुँदै गरेको नेपाली एकता समाजले आयोजना गरेको पहिलो कार्यक्रम हो ।
वनभोज कार्यक्रममा नाचगान, र विभिन्न खेलकुदको आयोजना पनि गरिएको थियो । कार्यक्रममा ग्रेटर अस्टिन क्षेत्रका करिब ४ सय मानिसको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।