समाज टाइम्सलाई ‘डिस्का मिडिया अफ दि एयर’ अवार्ड
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ यस वर्षको डिस्का मिडिया अफ दि एयर अवार्ड समाज टाइम्स डट कमले प्राप्त गरेको छ।
ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले सो अवार्ड प्रदान गरेको हो। डिस्का अमेरिकामा कराते खेलको विकासका लागि नेपाली भाषी भुटानी समुदायले सन् २०१६ मा स्थापना गरेको संस्था हो।
संस्थाको वार्षिक साधारण सभा तथा बेल्ट ग्रेडिङ कार्यक्रमको अवसर पारेर शनिवार पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्ग स्थित केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा समाज टाइम्सलाई अवार्ड प्रदान गरिएको हो।
समाजसेवी अमल थुलुङ्ग, डिक्काका प्रमुख प्रशिक्षक रन राईले समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरेलाई अवार्ड र कदर पत्र प्रदान गरे।
शनिवार नै अन्य विभिन्न विधामा पनि अवार्ड पनि प्रदान गरिएको थियो।
डिस्का सामुदायिक कराते अवार्ड पेन्सिल्भेनिया ह्यारिसबर्ग निवासी समाजसेवी रत्न गुरुङलाई प्रदान गरिएको थियो।
यस्तै डिस्का वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड ओहायोका सेनपाइ आयुष तामाङलाई प्रदान गरियो। डिस्का वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड भर्मणकी सेनपाई एन्जल गुरुङलाई प्रदान गरियो।
वर्षको डिस्का उत्कृष्ट अभिभावक अवार्ड पेन्सिल्भेनियाकी सावित्रा मगरलाई प्रदान गरियो।
डिस्का भेट्रान अफ द एयर पेन्सिल्भेनिया निवासी सेन्सी निम लामा, डिस्का प्रेसिडेन्ट अवार्ड सेन्सी नीरज नेपाल र डिस्का स्वयंसेवक अवार्ड रेनुका तामाङलाई प्रदान गरियो।
समाज सेवी तथा व्यवायी, विश्व क्षेत्री, डा. खेम अधिकारी, हस्त प्रधान, केपी सिवाकोटी, किरात कम्युनीटीका अध्यक्ष एलवी राई लगाएतले अवार्ड प्रदान गरेका थिए।
अवार्ड वितरण समारोह भिडियोमा
र यो पनि…