ल्यानक्यास्टर प्रहरीद्वारा नगर क्षेत्रबाट थुप्रै पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया । ल्यानक्यास्टर शहरमा भिख माग्ने र लागुऔषधको दुरुपयोगसम्बन्धी बढ्दो समस्या समाधान गर्ने उद्देश्यले ल्यानक्यास्टर सिटी प्रहरी र ल्यानक्यास्टर काउन्टी शेरिफको कार्यालयले हालै संयुक्त अपरेशन सञ्चालन गरेको छ।
यस अपरेशनको क्रममा विभिन्न आपराधिक आरोपहरूमा पाँच जनालाई पक्राउ गरिएको छ। तिनीहरूलाई सार्वजनिक स्थानमा उच्छृंखल व्यवहार, केटू नामक सिंथेटिक लागुऔषधको कब्जा, सार्वजनिक स्थलमा नशालु पदार्थ सेव गरेको फेला पारिएको, मानिसलाई धम्की दिने लगायतका आरोप लगाइएको छ।
त्यसका अतिरिक्त, १४ व्यक्तिहरूलाई पुराना आरोपहरूमा पक्राउ गरिएको छ । जसमा जम्मा ८८ वटा वारन्ट कार्यान्वयन गरिएको छ। यो अपरेशनको उद्देश्य ल्यानक्यास्टर सिटीको नगर क्षेत्रलाई सुरक्षित र स्वस्थ बनाउनु हो।
स्थानीय प्रशासनले शहरको सार्वजनिक स्थानहरूलाई सुरक्षित र आरामदायक बनाउनका लागि यस्ता अपराध नियन्त्रणका प्रयासलाई प्राथमिकता दिइरहेको छ। यसले ल्यानक्यास्टर शहरका सबै बासिन्दाहरू र आगन्तुकहरूको लागि आरामदायी वातावरण सुनिश्चित गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।