पूर्वसांसद ढाकाकुमार लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ
पोखरा। प्रतिनिधि सभाका पूर्वसांसद तथा दिया फार्मेसीका सञ्चालक ढाकाकुमार श्रेष्ठलाई लागूऔषध बिक्री गरेको आरोपमा कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ।
उनलाई लागूऔषधसहित पक्राउ परेका व्यक्तिको बयानका आधारमा पक्राउ गरिएको हो।
यसअघि, साउन ३ गते कास्की प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका-७ निवासी ४२ वर्षीय प्रकाश मगरलाई लागूऔषधसहित पक्राउ गरेको थियो।
अनुसन्धानका क्रममा प्रकाशले लागूऔषध ढाकाकुमार श्रेष्ठको फार्मेसीबाट खरिद गरेको बयान दिएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो।
नेपालले अमेरिकामा क्रिकेट खेल्ने मिति र ठाउँ सार्वजनिक
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाका अनुसार बयानपछि श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।