शेखर कोइरालाका गजल
शेखर कोइराला
सबै थोक आफ्नो हुँदैन दिएर जाँदा पनि
किन तिर्खा मर्दैन अमृतले पिएर जाँदा पनि
आज जे बोल्दैछौ त्यहि ठीक लागेको होला
हिजो त्यहिँ थियौ निस्किएर जाँदा पनि
हुन्थ्यो त किन रहन्न त्यो सम्बन्ध अझै
बाटो नै बन्द गरेछौ चिप्लिएर जाँदा पनि
यस्तो त धाक नलाको भए हुन्थ्यो महाशयले
नजाने ठाउँमा तिमी झुक्किएर जाँदा पनि
ह्यारिसबर्ग, अमेरिका












