बाढी पछिको उद्धार र राहतमा चासो नदिए पछि ३० जनालाई मृत्युदण्ड
काठमाडौँ। उत्तर कोरियामा हालैको विनाशकारी बाढीपछि राहत र उद्धार कार्यमा चासो नदिएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन्।
दक्षिण कोरियाका मिडिया रिपोर्टका अनुसार, यी व्यक्तिहरूलाई भ्रष्टाचारको आरोपमा मुद्दा पनि दर्ता गरिएको छ।यो बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको थियो, जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको उल्लेख गरिएको छ।
किम जोङ उनले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए, जहाँ बाढीको चरमता देखेर उनी अत्यन्तै रिसाएका थिए।
उनीहरूले बाढीको समयमा उचित प्रतिक्रिया नदेखाएको आरोपमा ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिएका हुन्।रिपोर्टका अनुसार, यी सबै अधिकारीहरूलाई एकै समयमा झुण्ड्याइएको थियो।
दिइएका अधिकारीहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ-हुन पनि समावेश थिए, जसलाई यस अवस्थाका लागि जिम्मेवार ठहराएर बर्खास्त गरिएको थियो।
उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चाङ्गाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो।
मृत्युदण्ड दिइएका अधिकारीहरूको पहिचान भने खुलाइएको छैन।