टाइटानिक जहाजको रेलिङ भाँचियो
काठमाडौ। एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको खबर आएको छ। एक अनुसन्धान मिशनले जहाजको रेलिङको १५ फिट लामो भाग समुन्द्रको तलामा खसेको पत्ता लगाएको हो।
आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४ दशमलव ६ मिटर अर्थात् करिब १५ फिटको खाडल रहेको पुष्टि गरेको छ। यो रेलिङको भाग समुन्द्रको तलामा पुग्दा थ्रीडी स्क्यानिङले यसका बारेमा जानकारी दिएको हो। यो जानकारी जुलाई २९ मा टाइटानिक पर गरिएको मिशनपछि प्राप्त भएको थियो।
टाइटानिक जहाज सन् १९१२ मा आइसबर्गसँग ठोक्किएर डुबेको थियो। यस दुर्घटनामा लगभग १५०० जनाको मृत्यु भएको थियो। हालसम् टाइटानिकको अवस्था निरन्तर बिग्रँदै गएको छ, र जहाजको स्वामित्वमा रहेको कम्पनीले बिग्रँदै गएको अवस्था रोक्न नसक्ने जनाएको छ। कम्पनीले अब जित्दा धेरै कुरा दस्तावेज गर्ने प्रयास गर्दैछ। यसका साथै, कम्पनीले जहाजमा रहेको रोमन देवीको २ फिट उचाइको मूर्तिलाई पनि फेला पारेको छ, जुन विगत केही दशकदेखि हराएको थियो।
टाइटानिकको कथा १९९७ डिसेम्बर १९ मा रिलिज भएको चर्चित फिल्म “टाइटानिक” मा चित्रित गरिएको छ। यो फिल्मले जहाजको पहिलो र अन्तिम यात्रा सन् १९१२ मा साउथह्याम्प्टनबाट गरेको कथा दर्शाउँछ। फिल्मले ११ ओस्कार अवार्ड जित्न सफल भएको थियो र त्यस समयमा विश्वकै सबैभन्दा महँगो फिल्म बनेको थियो। फिल्मका निर्देशक जेम्स क्यामरुन हुन्, जो “अवतार” र “द टर्मिनेटर” जस्ता उत्कृष्ट फिल्महरूको निर्माता हुन्।
अप्रिल १०, १९१२ मा टाइटानिक आफ्नो पहिलो र अन्तिम यात्रामा निस्केको थियो। यो जहाजको निर्माण १९०९ मा सुरु भएको थियो र १९१२ मा सम्पन्न भएको थियो। आफ्नो यात्रा सुरु गरेको चौथो दिन अप्रिल १४-१५ को रातमा, टाइटानिक एट्लान्टिक महासागरमा रहेको हिउँको पहाडसँग ठोक्कियो र दुई टुक्रामा विभाजित भएर समुन्द्रमा डुब्यो। जहाज डुब्दा १५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जबकि ७०० जना बचाइएका थिए।
टाइटानिक दुर्घटनासम्बन्धी विभिन्न दावी गरिन्छ। केहि दावीअनुसार, जहाजका क्याप्टेन स्मिथले समुद्रमा आइसबर्गको चेतावनीलाई बेवास्ता गरेको र जहाजको गति घटाएको बताइन्छ।