वि.स. २०८१ सालको वार्षिक भविश्यफल
ग्रह राज्य प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च।
ग्रहैव्याप्त मिंदं सर्व त्रैलोक्यं सचराचरम्।।
विक्रम सम्वतको २०८१सालमा कालयुक्त नामको संवत्सर रहेको छ। राजा-भौम: मन्त्री-शनि रहेका छन्। पिंगलनामक संवत्सरको अन्त्य भै कालयुक्त संवत्सर प्रारम्भ भएको छ।
मेष संक्रान्तिबाट भुक्तामासादि ०/२५/२१/३६ र भोग्यमासादि ११/४/३८/२४ रहेको छ। यस पछि सौरभानले सिद्धार्थ नामक संवत्सको आगमन हुने छ।
कालयुक्त संवत्सरमा सामजिक नीतिनियममा रहनाले प्राय: सबै प्राणीहरु सुखी हुने छन्। अन्न उत्पादनमा बृद्ध अनेकौ रोगहरु पनि उत्पन्न हुनेछन्।
सिद्धार्थ नामक संवत्सरको आगमन सँगै शासकवर्ग र जनता सबै शान्त एवं निर्वर हुने छन्। राजा मंगलका कारण अग्निभय जनधनको क्षति चोरडाँकाको भय । मन्त्री शनिका कारण सरकार क्रुर र नृशस वन्नेछ।
जनधनको सुरक्षामा सरकार उदासीन बन्ने छ। शनिका कारण अल्पवृष्टि सरकारी कामकाजमा ढिला सुस्ति। मुगा तामा रातो कपडा राता वर्णका बस्तुको मूल्यवृद्दि हुनेछ।
फलेस शुक्र भएकाले पृथ्वी हराभरा देखिने छन्।
धनेस मङ्गलका कारण सरसामनमा व्यापक मूल्यवृद्धि हुनाले जनता मारमा पर्ने छन्।
दुर्गेश शनिका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन हुने छैन्।
यस वर्ष शनिदेव वर्षभरी नै कुम्भ राशिमा हुनाले निम्न राशिका व्यक्तिहरुलाई अढैया र साढेसाति शनि दशाको प्रभाव रहने छ।
१, मकरराशि- वर्षभरि अन्त्य साढेसाति दशा
२,कुम्भराशि- वर्षभरि मध्य साढेसाति दशा
३,मीन राशि- वर्गभरि आध साढेसाति दशा
४, कर्कट र वृश्चिक राशि- वर्षभरि अढैया शनिदशा
ज्यो पं कमलनाथ सापकोटा
टाउसन मेरील्याण्ड
सम्पर्क ४४३६५२०७२६