पेन्सिलभेनियाको ल्यानक्यास्टरमा हुने सोनाम ल्लोछारको कार्यक्रम स्थल परिवर्तन

ल्यानक्यास्टर / अमेरिकाको पेन्सिलभेनिया स्थित ल्यानक्यास्टरमा हुने सोनाम ल्लोछारको कार्यक्रम स्थल परिवर्तन भएको छ।
तामाङ समाज ल्यानक्यास्टरको आयोजनामा बाघ वर्गलाई विदाई गरि बिरालो वर्गलाई स्वागत गरिने २८५९ औं सोनाम ल्होछार फ्रेब्रुअरी चार तारिक ल्यानक्यास्टरमा संयुक्त रुपमा धुमधाम मनाइदै छ।
समाजले यस अगाडि कोल्मबिया एभिन्युको एक रेष्ट्ररेन्टको हलमा ल्होसार मनाउने कार्यक्रम तय गरेको थियो। तर अब लिटिजमा रहेको भब्य र सुविधा सम्पन्न हलमा ल्होसार भनाइने भएको छ।
शनिवार दिउसो १२ बजे देखि साँझ सात बजे सम्मका लागि कार्यक्रम राखिएको अध्यक्ष पाख्रिनको भनाई ।
‘हामीले सोचे भन्दा धेरै जनाको सहभागिता हुने देखियो त्यसकारण फराकिलो ठाँउमा राम्रै सँगै मनाउ भनेर ठूलो हलमा जाने भइयो।’ समाजका अध्यक्ष मन पाख्रिङ्ग (तामाङ)ले समाज टाइम्स सँग भने।
सोनाम ल्होछार भब्य रुपमा मनाउन ल्यानक्यासटरका बाहेक पेन्सिलभेनियाकै स्क्र्यान्टन, ह्यारिसबर्ग,कार्लिस, फोर्थवासिङ्गटन र फिलाडेल्फियाबाट सहभागि हुने भएका छन्।
अध्यक्ष पाख्रिनका अनुसार यस पटक तामाङ सोसाइटी अफ ग्रेटरवासिङटन भर्जिनियाबाट सोनाम ल्होछार मनाउन ल्यानक्यास्टर आउने छने ।
कार्यक्रममा सांगितक कार्यक्रम पनि राखिएको छ। जसका लागि न्यूयोर्क निवासी अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका गायक सञ्जोक योञ्जन विषेश अतिथिको रुपमा ल्यानक्यास्टर आउने भएका छन्।
यस्तै गायक महेश थुलुकले पनि कार्यक्रममा प्रस्तुति दिने छन्।
यस्तै गरि गायक करन तामाङ,तेन्से योञ्जन,मान्धोज मोक्तानले पनि प्रस्तुति दिने छन्। डम्बर भट्टराई र मेलिना मोक्तानले पनि नृत्य मार्फत मनोरञ्जन दिने छन्।
अध्यक्ष पाख्रिङका अनुसार कार्यक्रममा प्रवेस निशुल्क गरिएको छ।
