मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो
नीरज थकाली
जोमसोम । मुस्ताङको लोमान्थाङ गाउँपालिका – ५ को सिमसार मैदानमा पहिलो पटक कालो घाँटी भएको क्रेनको जोडी भेटिएको छ।
हिमाली जिल्ला मुस्ताङको भूगोलमा यसअघि कालो घाँटी भएको क्रेन देखिएको कुरा स्थानीयहरूले भनिएता पनि प्रमाणित भएको थिएन् । २०८२ वैशाख २्२ गते बिहान घोडा हेर्न गएका सुनिल बि.कले कालो घाँटी भएको क्रेनको जोडी देखेर आफ्नो मोबाइलमा कैद गरेका थियो ।
कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षनी बसाइसराइ गर्छन् । तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् ।
उपल्लो मुस्ताङको स्थानीय भाषामा यसलाई झ्याठुङ्गठुङ्ग (कर्मो) भन्ने गरेको पाइन्छ । सन् २०१९ को भदौ महिनामा चिनको सिमाना आसपासको पानी जमेको ठाउँमा सात÷आठ वटा यही प्रजातिको क्रेन देखेको लोमाङ्गथाङ्ग गाउँपालिका –२ का वडा अध्यक्ष कर्मा नाम्गेल गुरुङले बताए ।
‘लामो दुरी सम्म उड्ने चरा र राम्रो देखिने भएको कारणले होला हामीले हाम्रो स्थानीय भाषामा झ्याठुङ्गठुङ्ग (कर्मा) हामीलाई तपाईँको आर्केसर्क र लामो पखेटा दिनुस् म सबैलाई लोब्याउदै गाउँ घुमेर आउँछु भनेर स्थानीयहरू हाल सम्म गाउँमा गीत गाउने गरिन्छ’ गुरुङले भने
यो कालो घाटी भएको सारस बच्चा कोरल्न लोमान्थाङ आएको हुन सक्ने सारस संरक्षणकर्ता राजेन्द्र सुलवालले बताए
‘यो प्रजातिको क्रेनलाई नेपालमा धेरै दुर्लभ मानिन्छ । उनले भने, ‘हाल सम्म हुम्लाको लिमी उपत्यकामा यसले गुँड बनाएको रेकर्ड गरिएको थियो, र पोखरामा एउटा घुमन्ते कालो घाटी भएको सारस देखिएको छ ।’
यो बौद्ध परम्पराहरूमा सम्मानित छ र यसलाई भुटान र तिब्बत शान्ति,दिगायु ,पवित्र ,भफदारी ,शुभ दिनको प्रतीकको रुपमा लिने गरेको संरक्षण विज्ञ डा.शैलेन्द्र थकालीले बताउनु भयो । भुटानमा यसको संरक्षणको लागि छुट्टै संरक्षण क्षेत्र स्थापना भएको छ । त्यहाँ वर्षनी सयौँ पर्यटकहरू कालो घाटी भएको सारस हेर्न त्यहाँ पुग्ने गरेको पाइन्छ ।
साथै कालो घाटी भएको सारसको आगमनमा भुटानको फोबझिका उपत्यकामा वर्षेनी नोभेम्बर महिनामा महोत्सव मनाउने गरेको थकालीले बताउनुभयो । महोत्सव मनाउँदा आशिस पाउने र बाली राम्रो फस्टाउने विश्वास त्यहाँको स्थानीयले गरेको पाइन्छ ।
कालो घाँटी भएका सारसहरूको विश्वव्यापी जनसंख्या लगभग दश हजार देखि बाह्र हजार रहेको अनुमान गरिएको छ । यी सारसहरू चीन, भारत र भुटानमा कानुनी रूपमा संरक्षित छन् । यो सारसलाई आईसियुनको रातो सूचीमा खतरा नजिक पुगेको प्रजातिहरूको रुपमा स्विचकृत गरिएको छ । यसलाई भारतको लद्दाख राज्यले ‘राज्य चरा’ को रुपमा मानेको छ ।