अस्टिनमा अन्तरक्रिया कार्यक्रम हुँदै
नारायण भण्डारी
अस्टिन, टेक्सस / ग्रेटर अस्टिन नेपाली सोसाइटीको आयोजनामा अमेरिकास्थित नेपाली राजदूतावास तथा टेक्ससको डालासस्थित महावाणिज्य दूतावासका अधिकारीहरू र टेक्ससको राजधानी अस्टिनमा बसोबास गर्ने नेपालीहरूबीच अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
कार्यक्रम नोभेम्बर २२ तारिख आइतबार हुने जनाइएको छ ।
ग्रेटर अस्टिन नेपाली सोसाइटीले दिएको जानकारीअनुसार कार्यक्रम संस्थाको कम्युनिटी सेन्टरमा दिउँसो ३ बजे हुनेछ।
कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरण, डालासस्थित महावाणिज्य दूतावासका प्रमुख शुरेश अधिकारी लगायत अन्य कर्मचारीहरू, तथा ग्रेटर अस्टिन क्षेत्रमा बस्ने नेपाली व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवीहरू र स्थानीय नेपाली समुदायको उपस्थिति रहनेछ।
कार्यक्रममा नेपाली समुदायसँग सम्बन्धित विविध नेपालसम्बन्धी विषयमा प्रत्यक्ष संवाद तथा छलफल हुनेछ।



















