१४औँ दक्षिण एसियाली खेलकुद आगामी जनवरीमा पाकिस्तानमा गर्ने निर्णय
काठमाडौँ/ यस क्षेत्रको सबै भन्दा ठूलो खेल मेलाको दक्षिण एशियाली खेलकुद सागको १४ संस्करण २०२६ जनवरी २३ देखि ३१ तारिख सम्म हुने भएको छ।
दक्षिण एशियाली ओलम्पिक परिषद्को पाकिस्तानको लाहोरमा मंगलवार सम्पन्न बैठकले सागको मिति टुङ्गो लगाएको हो।
बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए। बैठक दक्षिण एसियाली ओलम्पिक परिषद्का अध्यक्ष तथा पाकिस्तान ओलम्पिक एसोसिएसनका अध्यक्ष खालिद महमूदको अध्यक्षतामा सम्पन्न बैठकले १४ साग पाकिस्तानका तीन शहरमा आयोजना गर्ने निर्णय पनि गरेको छ।
बैठकमा सबै सात दक्षिण एसियाली देशका ओलम्पिक कमिटीका प्रतिनिधिहरूले भाग लिएका थिए । भारतको ओलम्पिक एसोसिएसनले अनलाइनबाट सहभागिता जनाएको थियो।
लाहोर, इस्लामाबाद र फैसलावादमा हुने सागमा २७ खेल समावेस हुने निर्णय भएको छ।