परराष्ट्रमन्त्री अनुपस्थित, प्रधानमन्त्रीले उद्घाटन गरे एनआरएनएको साधारणसभा
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले आज(आइतबार)दे सुरु गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।
‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभामा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता छ ।
तर, गैर आवासीय नेपाली संघको तालुकदार निकाय परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको उपस्थिीति भने देखिएन् । उनले कात्तिक १ गते सर्वोच्च अदालतको चैत २१ गतेको फैसला अनुसार शेष घले नेतृत्वको समितिलाई एकताको अधिवेशन गराउनका लागि पत्राचार गर्न लगाएकी थिइन् । त्यसले गर्दा पनि उनी कार्यक्रममा सहभागि नभएका देउवा निकट स्रोतले बताएको छ ।
तर, देउवा विरामी भएकाले कार्यक्रममा सहभागी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराए । उनले भने ‘कसैलाई भ्रम नरहोस्, परराष्ट्रमन्त्री विरामी भएकाले मात्रै सहभागी नहुनु भएको हो, यहाँ गृहमन्त्री रमेश लेखक आउनु भएको छ ।’
पछिल्लो समय एकताको पक्षमा बक्तब्यवाजी जारी गरे पनि संस्थापक अध्यक्ष उपेन्द्र महतो भने कार्यक्रममा सहभागी भएका थिए । यसैगरी संस्थापक महासचिव भीम उदासको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महतोले संस्था ठूलो भइसकेको बताउँदै अहिले देखिएको समस्या समाधानका लागि एक जुट हुन आग्रह गरे । अन्य पूर्व अध्यक्षहरुको भने उपस्थिति देखिएन ।