नेपालमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ।
गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम्मको अद्यावधिक विवरणमा १७० जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४२ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट १११ जना घाइतेको उद्धार गरिएको छ।
उद्धारकार्यमा आइतबार मात्रै काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ।
काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्।