‘फिलाडेल्फियामा ओलम्पिक च्याम्पियन र विश्व च्याम्पियनको भिडन्त’
‘अमेरिकी महिला राष्ट्रिय फुटबल टिम र स्पेन बीच अक्टोबरमा दुई मैत्रीपूर्ण खेल’
अटलान्टा, अमेरिका / यूएस सकर फाउन्डेशनले वर्तमान ओलम्पिक च्याम्पियन अमेरिकी महिला राष्ट्रिय फुटबल टिम र डिफेन्डिङ महिला विश्वकप च्याम्पियन स्पेन बीचमा अक्टोबरमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने सोमबार घोषणा गरेको छ ।
महिला फुबटलमा विश्वका दुई शीर्ष वरीयता प्राप्त टोलीहरूबीचको पहिलो खेल अक्टोबर १० मा वासिङ्टन डी.सी. स्थित अउडी फिल्डमा हुने छ । जुन खेल स्थानीय समय अनुसार दिउँसो २:३० बजे शुरु शुरु हुने युएस सकर फेडरेसनले जनाएको छ।
त्यस्तै, अक्टोबर १३ मा पेन्सिलभेनियाको चेस्टर स्थित सुबारु पार्कमा बेलुका सात बजे दोस्रो खेल हुनेछ ।
नेसनल वुमेन्स सकर लिग (एनडब्लुएसएल) को क्लब वासिङ्टन स्पिरिटको घरेलु मैदानमा अक्टोबर १० मा हुने खेलमा अमेरिकी टिमकी दिग्गज डिफेन्डर क्रिस्टल डनका लागि खेल अगाडि एउटा विशेष सन्यास समारोह आयोजना गरिनेछ।
डन सन् २०१५ मा स्पिरिटबाट खेल्दा एनडब्लुएसएलकी मस्ट भ्यालुएबल प्लेयर बनेकी थिइन्। स्टेडियमको गेटबाट भित्र छिर्ने पहिलो दुई हजार प्रशंसकहरूले क्रिस्टल डनको विशेष संस्करणको सम्झनायोग्य ‘बबलहेड’ खेलौना प्राप्त गर्नेछन्।
स्पेनविरुद्धका यी खेलहरू, जुन महिनामा ब्राजिलमा खेलिएका खेलहरू पछि क्लब फुटबलका लागि लामो विश्राम लिएको अमेरिकी टोलीका लागि चार महिनाभन्दा बढी समयपछिको पहिलो खेल हुनेछ।
“थप दुई उत्कृष्ट खेलहरू,” अमेरकी महिला फुटबल टिमकी मुख्य प्रशिक्षक एम्मा हायसले भनिन्। “हामी स्पेनलाई हाम्रो तालिकामा समावेश गर्न धेरै चाहन्थ्यौं, तर महिला अन्तर्राष्ट्रिय क्यालेन्डरमा शीर्ष टोलीहरूसँग खेल तालिका मिलाउन कति गाह्रो हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले पूर्वी तटमा यी दुई खेलहरू खेल्न पाउनु वर्षको अन्त्यमा हुने विश्वकप छनोटमा जानु अघि हाम्रो लागि उपयुक्त परीक्षा हुनेछ।”
स्पेन युएफा महिला विश्वकप छनोट समूहमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेका कारण अक्टोबरको यी खेलहरूका लागि उपलब्ध हुन सकेको हो।
महिला फुटबलमा अमेरिका र स्पेनले इतिहासमा अहिलेसम्म मात्र चार पटक एकअर्काको सामना गरेका छन्। शुरुवाती तीन खेल अमेरिकाले जितेको छ ।
सन् २०१९ को सुरुमा स्पेनको अलिकान्तेमा १-०, २०१९ को फिफा महिला विश्वकपको अन्तिम १६ मा फ्रान्सको रेम्समा २-१ ले, र २०२० को शीबिलिभ्स कप मा ह्यारिसन, न्युजर्सीमा १-० ले अमेरिका विजयी भएको थियो ।
स्पेनले २०२२ मा अमेरिकाविरुद्ध आफ्नो इतिहासकै पहिलो जित दर्ता गर्दै एउटा मैत्रीपूर्ण खेलमा २-० ले हराएको थियो।
स्पेन २०२३ को फिफा महिला विश्वकप विजेता हो ।
अमेरिकाले महिला फुटबलमा पाँच पटक स्वर्ण जितेको छ । ओलम्पिकमा अमेरिकी महिला फुटबल साविकको विजेता हो ।
अमेरिकी महिला राष्ट्रिय टोली र स्पेनबीचको दुवै खेलको टिकटको प्रि-सेल मंगलबार, जुलाई १४ को बिहान १० बजे (पूर्विय समय) देखि सुरु भई बिहीबार, जुलाई १६ को बिहान ८ बजे सम्म चल्ने यूृएस सकरले जनाएको छ।
सर्वसाधारणका लागि टिकट बिक्री बिहीबार, जुलाई १६ को बिहान १० बजे बाट सुरु हुनेछ।

















