टी-२० क्रिकेटमा पनि नेपाल क्यानडासँग पराजित
पेन्सिल्भेनिया। टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनायो। १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो।
नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा २ चौका र २ छक्कासहित ३७ रन बनाए। कुशल मल्लले १२, देव खनालले ११, र सन्दीप लामिछानेले १० रन जोडे।
क्यानडाका कलिम सानाले ४ विकेट लिए भने साद बिन जाफरले ३ विकेट, प्रविन कुमार र अखिल कुमारले १/१ विकेट लिए।
पहिले ब्याटिङ गर्दै क्यानडाका साद बिन जाफरले १८ बलमा ३ चौकासहित २३ रन बनाए। श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवाल र अखिल कुमारले १४/१४ रन जोडे। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले ३/३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले १/१ विकेट लिए।
नेपालले दोस्रो खेल आज राति ओमानसँग खेल्नेछ।