एन्फा एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी वेपत्ता
हेटौंडा । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी वेपत्ता भएका छन् ।
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एन्फा प्रवक्ता सुरश साहले पुष्टि गरेका छन् ।
इन्द्रसरोवर गाउँपालिका ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले संचालन गरिरहेको आवासीय प्रशिक्षणमा रहेका अनुप घलान, हेटौंडा, साइमन योञ्जन मकवानपुर रहेका छन् ।
यसैगरी आदित्य बलपाकी, सर्लाही, रियान्स आचार्य, काठमाडौं, बिकल रेग्मी, बारा, दिवस बानिया, मकवानपुर पहिरोमा परेका हुन् ।उनीहरु विहान करिब साढे ६ बजे उक्त स्थानबाट अन्यन्त्र जानेक्रममा पहिरोमा परेको एन्फाले जनाएको छ । उनीहरुको खोजी कार्य जारी छ ।