एनआरएनएको केसी समूहले अक्टोबरमा वार्षिक साधारण सभा गर्दै
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. वद्री केसी समूहले बार्षिक साधारणसभाको मिति तोकेको छ ।
केसी समूहले सवै राष्ट्रिय समन्व्य परिषद्बाट वार्षिक साधरणसभामा सहभागी हुने प्रतिनिधिहरुको नामावली पठाइदिन आग्रह गरेको हो । समूहका महासचिव गौरीराज जोशीले अक्टोबर २८ तारिखमा नेपालमा हुने बार्षिक साधारणसभाका लागि प्रतिनिधि पठाउन पत्राचार गरेका हुन् ।
उनले प्रतिनिधि पठाउने अन्तिम मिति अक्टोबर ७ सम्मको समय उल्लेख गरेका छन् । एनआरएन अहिले फेरि विवादित बनेका बेला केसी समूहले गर्न लागेको वार्षिक साधारणसभालाई अर्थपूर्णरुपमा लिइएको छ ।
नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने विषयमा एक दिने वेबिनार सम्पन्न
सर्वोच्च अदालतका दुई फैसला आपसमा बाझिए पछि अहिले फेरि एनआरएन विवादित बन्न पुगेको हो । पहिलो फैसला अनुसार शेष घले नेतृत्वमा समिति बनाएर एकताको अधिवेशनमा जानु पर्ने एनआरएनए दोस्रो फैसला अनुसार वद्री केसीले सचिवालयबाट काम गरिरहेका छन् ।
अहिले फेरि आरके शर्मा, डा. केशव पौडेलसहित ४ जनाले आफूहरु बैधानिक रहेको र केसी समूहलाई सचिवालयबाट काम गर्न रोक लगाउनु पर्ने माग गरेर फेरि रिट हालेका छन् । उक्त रिटमाथि अन्तरिम आदेश दिने या नदिनेबारे असोज ७ गते सुनुवाईका लागि मिति पनि तोकिएको छ ।
असोज ७ गते एनआएनको मुद्दामा अन्तरिम आदेशबारे निर्णय आउने
केसी समूहले निकालेको वार्षिक साधारणसभासम्बन्धी सूचना