द भ्वाइस किड्स नेपाल विजेता अनुह्या तामाङलाई अमेरिकामा जिल्ला स्तरीय स्कुल बोर्डको सम्मान
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ द भ्वाइस किड्स नेपाल सिजन तीन की विजेता अनुह्या तामाङलाई अमेरिकामा जिल्ला स्तरीय स्कुल बोर्डले सम्मान गरेको छ।
साउथ मिडलटन स्कुल डिस्ट्रिक्ट बोर्डले सोमबार विषेश कार्यक्रमका बिच अनुह्यालाई सम्मान गरेको हो।
११ वर्षीय अनुह्याले केही समय अगाडि नेपालमा सम्पन्न रियालिटी सो द भ्वाइस किड्स नेपालको टाइटल जितेकी थिइन्।
अनुह्या येलो ब्रीच मिडिल स्कुलमा ६ कक्षामा अध्ययनरत छिन्।
‘सोमबार, सेप्टेम्बर १६, २०२४ को नियमित बोर्ड बैठकमा, येलो ब्रीचेस मिडिल स्कुलकी छात्रा अनुह्या तामाङलाई द भ्वाइस किड्स – नेपाल, सिजन ३ मा हालै हासिल गरेको उपलब्धिको लागि मान्यता दिइयो। अनुह्यालाई बधाई!’ स्कुल बोर्डको आधिकारिक वेवसाइडमा उल्लेख छ।
यसै बिच अनुह्याका पिता ओम तामाङले यो सम्मानले आफूहरूलाई झनै हौसला प्राप्त भएको प्रतिक्रिया दिए।
‘हामी खुसी छौ, स्कुलको डिस्ट्रिक्ट बोर्ड बैठकबाट नै सम्मान हुनु ठुलो कुरा हो, यसले अनुह्यालाई नेपाली गीत सङ्गीतमा लाग्न झन् प्रेरणा मिलेको छ।’ समाज टाइम्स सँगको कुराकानीमा तामाङले भने।