पाँचथरको फालेजुङमा भएको विष्फोटमा मृतकका परिवारलाई ५ लाख राहत
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौं। पाँचथरको फालेजुङ गाउँपालिका ५, डाँडागाउँमा भएको ग्रिनेड विष्फोटमा ज्यान गुमाएका परिवारलाई सरकारले ५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।
भदौ महिनामा भएको विष्फोटमा साढे २ वर्षकी प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो।
मन्त्रिपरिषदले विष्फोटमा घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भइरहेको छ।
केही दिनअघि, मन्त्री पौडेलले अस्पतालमा गएर घाइते बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, सरकारले उपचारमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
स्वास्थ्यकर्मीको सुरक्षा गर्न कानून संसोधन गर्दै स्वास्थ्य मन्त्रालय
यसपछि मन्त्रिपरिषद बैठकले मृतक परिवारलाई राहत र घाइतेको उपचारको निर्णय गरेको हो।














