स्वास्थ्यकर्मीको सुरक्षा गर्न कानून संसोधन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं। अस्पतालहरूमा स्वास्थ्य उपचारको क्रममा चिकित्सकहरूमा हुने आक्रमण र धम्कीको समस्यालाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ।
यसका लागि मन्त्रालयले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयकको दोस्रो संसोधनको मस्यौदा तयार पारेको छ र रायको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्र पठाएको छ।
प्रस्तावित विधेयकको मस्यौदामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा ऐनमा संसोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने हातपातको घटनामा तुरुन्त गैरजमानती गिरफ्तारी (जेल विदआउट बेल) गर्ने व्यवस्था समेटिएको छ।
चिकित्सकहरूले उपचारका क्रममा बेलाबखत आक्रमण र धम्कीको सामना गरिरहेका छन्, र यसलाई सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साउन २७ गते घोषणा गरेका योजना र प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख गरेका थिए।
संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
मन्त्रालयको सचिवालयले यो प्रस्तावित कानूनले चिकित्सकको सुरक्षामा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। कानून मन्त्रालयबाट राय प्राप्त भएपछि विधेयकको प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।