एनआरएनए केसी समूहको मुद्दा पूर्ण सुनुवाईको लागि पेस हुने
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको विषयमा वद्री केसी समूहले दायर गरेको रिटमा अब पूर्ण सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतलको यसअघिको आदेशले एनआरएनएका सबै समानान्तर समितिलाई अवैध करार गरेको थियो ।
तर, एनआरएनको केसी समूहबाट महिला उपाध्यक्ष रोजिना प्रधान राई, सचिव राधिका गुरुङ र सह कोषाध्यक्ष कृष्ण प्रसाद तिम्लसेनाले संयुक्त रुपमा परराष्ट्र मन्त्रालय सिंहदरबार काठमाण्डौँ, नीति योजन विकास कुटनिति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखा परराष्ट्र मन्त्रालय सिंहदरबारलाई विपक्षी बनाएर वैशाख २३ गते रिट दायर गरेका थिए ।
निवेदकहरुले सर्वोच्च अदालतको अघिल्लो फैसला र परराष्ट्रको पत्रका कारण गैर आवासीय नेपाली संघको मर्म र भावना विपरित भएको भन्दै उत्प्रेषणको माग गरेका थिए । पटक पटक पेशी चढेर सर्दै आएको मुद्दा शुक्रबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासमा सुनुवाई भएको थियो ।
एनआरएनएको वद्री समूह सर्वोच्चमा
परराष्ट्र मन्त्रालय पनि उक्त मुद्दा खारेजको माग दावीसहित अदालत गएकाले संयुक्त इजलासले दुवैलाई सँगै राखेर अघि बढाउने निर्णय गर्दै पूर्ण सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ । पूर्ण सुनुवाईको मिति भने सार्वजनिक भएको छैन ।