विश्वकप सुपर ८ मा अमेरिकाको दोस्रो हार
पेन्सिल्भेनिया । आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा अमेरिका पराजित भएको छ । शुक्रबार राति भएको खेलमा अमेरिका वेस्टइन्डिजसँग ९ विकेटले पराजित भएको हो ।
अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्यो ।
वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान साई होपले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ८२ रन बनाए। उनले आठ छक्का र चार चौका प्रहार गरे।
अर्का ओपनर जोन्सन चाल्स भने १५ रन बनाउँदा साई होप र जोन्सन चाल्सले ओपनिङ विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए।
वेस्ट इन्डिजका लागि तेस्रो नम्बरका ब्याट्सम्यान निकोलस पुरनले अविजित २७ रनको योगदान गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाकाले १९.५ ओभरमा अलआउट हुनुअघि १२८ रन बनाएको हो ।
अमेरिकाका लागि ओपनर ब्याट्सम्यान एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। अर्का ओपनर स्टिभन टेलर भने दुई रनमै आउट भएका थिए। तेस्रो नम्बरका ब्याट्सम्यान नितिश कुमारले टोलीको खातामा २० रन थपे। कप्तान एरोन जोन्स पनि ११ रनमात्रै बनउन सकेनन्।
अमेरिकाका लागि मिलिन्द कुमारले १९ रन बनाए। आठौँ नम्बरका ब्याट्सम्यान साड्ली क्लाउड भान साल्कविकले पनि १८ रन बनाए। अली खानले अविजित १४ रन जोडे।
वेस्ट इन्डिजका रोस्टन चेजले र आन्द्रे रसेलले तीन विकेट हात पारे। अल्जारी जोसेफले दुई विकेट लिए। गुडाकेश मोटीले एक विकेट लिए।
जितसँगै वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ। लगातार दोस्रो हारसँगै अमेरिकाको सेमिफाइनल पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ ।