ओहायोमा नेपालीभाषी सुन पसलमा दिउँसै डकैत, सञ्चालकको गोली हानी हत्या
फेयरफिल्ड,ओहायो / अमेरिकामा नेपाली समुदाय दशैँ मनाइरहेका बेला ओहायोबाट दुःखद खबर आएको छ। ओहायोको फेयरफिल्डस्थित गहना पसलमा दिउसै डकैत हुदाँ सुन पसल संचालकको पनि निधन भएको छ ।
ग्राहकको भेषमा आएका लुटेराहरुले पसल सञ्चालक माथि गोली हानेको र उनको घटना स्थलमै निधन भएको जनाइएको छ । प्रहरीले निधन हुनेको नाम अहिले सम्म सार्वजनिक गरेको छैन ।
ओहायोका नेपाली भाषी समुदायका अगुवाहरुका अनुसार पसल संचालक नेपालीभाषी भुटानी तारामान सेन्चुरी हुन ।
नेपालस्थित शरणार्थी शिविरबाट पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका आएका सेन्चुरीले २०२३ देखि मात्र गहना पसल अरु सँग खरिद गरेका थिए ।
मंगलवार दिउँसो करिब पौने एक वजे घटना भएको जनाइएको थियो । घटनाको समय अन्य ग्राहक पनि पसलमा रहेको जनाइएको छ ।
यो घटनाले हत्याले अमेरिकामा गहना व्यवसाय सञ्चालन गरिरहेका नेपाली समुदायका सदस्यहरूको सुरक्षाबारे फेरि चिन्ता थपेको छ।
यसअघि मेरिल्यान्डको बाल्टिमोर क्षेत्रमा नेपालीको गहना पसलमा डकैती भएको थियो ।
















