इजराइलमा क्याबिनेट सदस्यद्वारा शीघ्र निर्वाचनको माग
काठमाडौं । इजराइलको युद्ध क्याबिनेट सदस्य पार्टीद्वारा शीघ्र निर्वाचनको मागसहित विधेयक प्रस्तुतइजराइली युद्ध क्याबिनेटमन्त्री बेनी गान्ट्जको मध्यमार्गी पार्टीले बिहीबार संसद् भङ्ग गर्न र शीघ्र निर्वाचन गराउन विधेयक प्रस्तुत गरेको बताएको छ ।
“नेसनल युनियन पार्टीका प्रमुख प्निना तमानो–सताले २५औँ नेसेटलाई भङ्ग गर्न विधेयक प्रस्तुत गरेका हुन् । यसले पार्टी नेता एवं मन्त्री बेनी गान्ट्जको नरसंहारको एक वर्षपछि अक्टोबरभन्दा अघि निर्वाचनका लागि व्यापक सम्झौतामा अघि बढ्ने अनुरोधलाई पालना गर्दछ”, पार्टीले विज्ञप्तिमा भनेको छ ।
प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले प्रतिवाद गर्दै ‘एकता सरकाको विघटन (हमास गाजा नेता याह्या) सिनवारका लागि पुरस्कार भएको, अन्तर्राष्ट्रिय दबाबसामु समर्पण र हाम्रा बन्धकहरूलाई मुक्त गर्ने प्रयासका लागि घातक प्रहार हो’ भनेको छ ।
सन् २०२६ को अन्तिम त्रैमासिकअघि निर्वाचन निर्धारण गरिएको छैन र लिकुडले पहिला नै चेतावनी दिँदै यसअघि निर्वाचन गराउँदा गाजामा हमासविरुद्ध सेनाको लडाइँलाई क्षति हुने बताएको छ ।
प्रधानमन्त्री नेतान्याहुले गाजा पट्टीका लागि युद्धपछिको योजनालाई अनुमोदन नगरेसम्म मे १८ मा गान्ट्जले युद्ध क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका थिए । “युद्ध क्याबिनेटले जुन ८ सम्म राष्ट्रिय महत्त्वका छ रणनीतिक लक्ष्य प्राप्त गर्न नेतृत्व गर्ने कार्ययोजना तर्जुमा र अनुमोदन गर्नुपर्छ अन्यथा म सरकारबाट राजीनामा दिन बाध्य हुनेछु”, आफ्नो पार्टीलाई उल्लेख गर्दै नेतान्याहु निर्देशित टेलिभिजन सम्बोधनमा गान्ट्जले भनेका छन् ।
गान्ट्जका अनुसार छ लक्ष्यमा हमासलाई समाप्त गर्ने, प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा नियन्त्रण सुनिश्चित गर्ने र इजराइली बन्धकहरूलाई घर फर्काउने समावेश छन् । “इजराइली सुरक्षा नियन्त्रण कायम राख्नुका साथै अमेरिकी, युरोपेली, अरब र प्यालेस्टिन प्रशासन स्थापना गर्नुहोस्, जसले गाजा पट्टीमा नागरिक मामिलाहरूको व्यवस्थापन गर्नेछ र भावी विकल्पका लागि जग बसाल्नेछ जुन हमास (प्यालेस्टिनी राष्ट्रपति महमुद) अब्बास होइन”, उनले भने ।
उनले साउदी अरबसँगको सम्बन्धलाई सामान्य बनाउन पनि आग्रह गर्दै भने, “एउटा समग्र कदमका रूपमा जसले इरान र यसका सहयोगीहरूविरुद्ध सवतन्त्र विश्व र अरब संसारसँग गठबन्धन सिर्जना गर्नेछ ।”