सन्दीपलाई अमेरिकाद्वारा भिसा दिन फेरि अस्वीकार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि पनि अस्वीकार गरेको छ ।
परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।
सन्दीपले उच्च अदालतबाट सफाइ पाए पनि पीडित पक्ष अझैं सर्वोच्च अदालत पुग्ने अवस्था रहेको र यदि सर्वोच्च गएमा उनी फर्किने आधार नदेखिएको भन्दै दूतावासले भिसा दिन अस्वीकार गरेको उनी निकट स्रोतले बताएको छ ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।
यता नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले पनि सबै प्रयासका वाबजुत पनि अमेरिकाले भिसा नदिएको विहीवार विज्ञप्तिमार्फत जनाएका छन् ।