नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो ।
कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।
यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।
यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।
त्यस्तै समूह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समूह बिजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समूह विजेता बनेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ ।
त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समूह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने छ ।