साग विजेता अनु अधिकारीले युएस ओपनमा जितिन स्वर्ण
पेन्सिल्भेनिया/ साग स्वर्ण विजेता कराते खेलाडी अनु अधिकारीले युएस ओपनमा स्वर्ण पदक जितेकी छिन्।
शनिवार र आइतबार गरी टेक्ससमा सम्पन्न प्रतियोगितामा अनुले महिला १८ देखि ३४ वर्ष उमेरमा कुमिते तर्फ स्वर्ण पदक जितेकी हुन्।
चोटका कारण झन्डै दुई वर्ष खेलबाट बाहिर रहेकी अनु फेब्रुअरीमा न्यु जर्सीमा सम्पन्न प्रतियोगिता पनि प्रतिस्पर्धामा फर्किएकी हुन्।
टेक्ससमा स्वर्ण जित्ने क्रममा अनुले फाइनलमा अमेरिकी खेलाडीलाई ६-0 को स्कोरमा हराएकी थिइन। त्यस अगाडि सेमिफाइनलमा अनुले अल्वानियाकि खेलाडीलाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन।
युएस ओपन खेल्न हालै मात्र नेपालबाटै आएकी एरिका गुरुङले पनि स्वर्ण पदक जितेकी थिइन्।
यस्तै युएस ओपनमा अमेरिकामा रहेका नेपाली भाषी भुटानी समुदायका नौ जना खेलाडीले पनि स्वर्ण पदक जितेका छन्।