एरिकालाई युएसए ओपन अन्तर्राष्ट्रिय करातेमा स्वर्ण पदक
पेन्सिल्भेनिया । नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपनमा दुई पदक जितेकी छिन्।
अमेरिकाको टेक्ससमा सम्पन्न प्रतियोगितामा एरिकाले यु २१ इलाइट महिला ६८ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले अमेरिकाकै खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितको प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर) खुलातर्फ पनि फाइनलमा सम्म पुगेकी थिइन्।
आइतबार सम्पन्न फाइनलमा उनी अमेरिकाकी खेलाडी सँग पराजित हुँदै रजत पदकमा रोकिइन।
नेपालका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ पुरुष ८४ केजी मुनि तौल समूहको सेमिफाइनलमा पराजित भएका छन् ।