दासढुंगामा बस खस्दा १९ जना घाइते
काठमाडौं । काँकडभिट्टाबाट काठमाडौंका लागि हिडेको बस आज (शुक्रबार) बिहान नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा दुर्घटना भएको हो ।
बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस बिहान ५ः२० बजे दुर्र्घटना भएको प्रहरीले जनाएको छ ।
४० जना यात्रु सवार बसमा १९ जना घाइते भएका छन् ।
घाइते मध्य छ जनाको अवस्था गम्भीर रहेका छ भने बाँकी १३ जनाको अवस्था सामान्य रहेको छ ।
उनीहरूको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।