भानुले नेपाललाई भावनात्मक एकता गराए : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आर्चायले नेपाली समाजलाई एकताको सुत्रामा बाँध्ने काम गरेको बताएका छन् ।
२१०औं भानु जन्मजयन्तीका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालीमा लेखिएको रामायणमार्फ सबै नेपालीलाई एकतामा सुत्रमा बाँध्न महत्वपूर्ण योगदान पुगेको स्मरण गरेका हुन ।
भानुभक्तले अत्यन्त सरल र रोचक ढंगलले नेपाली लेखेको रामायण सबै नेपालीले सरल ढंगले पढ्न सक्ने हुँदा हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक एकता अभिवृद्धिभएको राष्ट्रपतिले स्मरण गरेका छन् ।
‘भानुभक्तीय रामायण नेपालीलाई एकताको सुत्रमा बाँध्ने एउटा महत्वपूर्ण रचना हो,’ राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ,‘यस रचनाको माध्यामले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सुत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको छ ।’