मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश वर्वाद भयो : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले जीवनको सार्थकता र मूल्य बोध गराउने कुरामा मनन गर्न आवश्यक भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित भानुभक्त स्मृति दिवसको अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश वर्वाद बनेको बताए ।
उनले भने ‘ हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन जीवनको सार्थकता हरेकलाई बोध गराउन र समाजिक कर्तव्य निर्वाह गर्नको लागि र न्यायको पक्षमा भूमिका निर्वाह गर्नको लागि ठूलो उदघोषण हो । यो समान्य होईन् । जीवनको सार्थकता र मूल्य बोध गराउने कुरामा मनन गर्न आवश्यक छ । हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने र व्यक्तिगत रुपमा कसरी सुविधायुक्त जीवन विताउने भन्ने कुरामा मात्र केन्द्रित हुँदा हाम्रो देश बर्वाद हुने खतरा र आफ्नो जीवन पनि ध्वस्त हुने खतरा हुन्छ । ’
देश समाज र आफ्नो जीवनलाई बचाउँने हो भने नेपाली हुनुको सार्थकतालाई बोध गर्न आवश्यक छ । यसको लागि भानुभक्तबाट सिक्न आवश्यक भएको उनको भनाइ छ ।
उनले भने ‘ लाल फित्ता साही धेरै बढी भएको छ । संविधान र कानून अनुसार हुने काम पनि हामी ढिलो ढिलो गरिदिन्छौं । र जनताले त्यसबाट प्रताडित हुनु परेको छ । र यो कुरा समान्य कुरा होइन्, त्यसैले हामी सबैले आत्मसाथ गर्नु छ । ’
नेपाली भाषामा भानुभक्तले पुर्याएको योगदानलाई सम्झँदै आगामी दिनमा सबैले आफ्नो आफ्नो ठाउँबाट योगदान दिने अपेक्षा लिएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।