एनआरएनए आइसीसी महासचिव जोशीको दाबी एनसीसीलाई सदस्य माथि कारवाही गर्ने अधिकार छैन्
पेन्सिलभेनिया,अमेरिका / गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का महासचिवले गौरी जोशीले कुनै पनि राष्ट्रिय समन्वय परिषद्लाई आफ्ना सदस्य माथि कारवाही गर्ने अधिकार नभएको दाबी गरेका छन्।
एनआरएनएका नेताहरुलाई सम्बोधन गर्दै लेखिएको पत्रमा जोशीले यस्तो दावी गरेका हुन्।
एनआरएनए आइसीसीका तीन अध्यक्ष र दुई महासचिवको बैठकले जोशीलाई अमेरिकाज क्षेत्रका संयोजक, उपसंयोजक सहितको आजीवन सदस्यको नाम हटाइएको बारेमा छानविन गरि प्रतिवेदन बुझाउन भनेको थियो।
एनआरएनए अमेरिकाले क्षेत्रिय संयोजक प्रकास सापकोटा सहितका आजीवन सदस्यको नाम अभिलेखबाट हटाएको थियो। (त्यस सम्वन्धी थप समाचारको लागि यहाँ क्लिक गर्नु होला।)
आइसीसी विधानको धारा १०.५.३ उल्लेख गर्दै जोशीले पत्रमा लेखेका छन्, ‘आइसीसीले अनुमोदन नगरेसम्म कुनै पनि सदस्यलाई हटाउने अधिकार वा प्रावधानहरू देख्दिैन।’
जोशीले एनसीसी अमेरिकामा समाधान भइसकेको विषय उल्झाउनुलाई दुर्भाग्यपूर्ण भनेका छन्।
‘यस प्रकारका गतिविधिले हामी बिदेशमा रहेकाहरु बीचमा एकता र भ्रातृत्व बढाउँदैन र म सबै पक्षहरुलाई व्यक्तिगत अहंकारमा आधारित कुनै पनि निर्णय गर्नु अघि सोच्न अनुरोध गर्दछु।’ जोशीले पत्रमा भनेका छन्।
उनले आईटी टोलीलाई प्रणालीबाट हटाइएका आजीव सदस्यहरूको नाम अद्यावधिक गर्न पनि निर्देशन दिएका छन्।
र यो पनि …
एनआरएनए सदस्यता विवाद : आइसीसीद्वारा बुद्दि सुवेदी सँग स्पष्टिकरण माग्ने