एनआरएनए सदस्यता विवाद : आइसीसीद्वारा बुद्दि सुवेदी सँग स्पष्टिकरण माग्ने
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी सँग स्पष्टिकरण लिने भएको छ।
आइसीसी पदाधिकारीको बिहिवार बसेको १७ औ बैठकले सुवेदीले एक साता भित्र स्पष्ट जवाफ नदिएमा अनुशाशन समितिमा पठाउने निर्णय समेत गरेको छ।
एनआरएनए अमेरिकाले क्षेत्रिय संयोजक प्रकास सापकोटा, उप संयोजक पशुपति पाण्डे र पुरुषोत्तम बोहोराको नाम आजीवन सदस्यको सूचीबाट हटाएको थियो। (यहाँ हेर्नुहोस यस सम्वन्धी पुरा समाचार)
बैठकमा सहभागि आइसीसीका एक पदाधिकारीले समाज टाइम्सलाई जनाए अनुसार बिहिवारको बैठकमा अमेरिकाज क्षेत्रका आरसी र डिआरसीको सदस्यता खारेजी सम्वन्धि विषयले प्रवेस पाएको थियो।
बैठकमा उपमहासचिव रामशरण सिम्खडा, युवा उपाध्यक्ष रोशन थापा, सचिव चिरिन्जिबी घिमिरे, कोषाध्यक्ष सुनिल शाह लगायतले सदस्यता खारेजी प्रकरण बारेमा विषय उठाएका थिए।
उनीहरुले एनसीसी अमेरिकाको कदम दुराग्रहीपूर्ण भएको भन्दै भविश्यमा यस्तो हुन नदिन आइसीसीले गभ्मिर रुपमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए।
युवा उपाध्यक्ष थापाले एउटै विषयमा दोहोरो भूमिका खेलको भन्दै अर्का अध्यक्ष कुल आचार्यको आलोचना गरेका थिए।
‘हिजो बेलायतका अध्यक्ष प्रेम गाहा मगरले तपाई श्री कुल आचार्यलाई साधरण सदस्यबाट हटाउदा मगरमाथि कारवाही भयो अहिले अमेरिकामा आरसी डिआरसीलाई हटाउदा मौन बस्न मिल्छ ?’ ति पदाधिकारीका अनुसार थापाको प्रश्नमा अध्यक्ष आचार्य मौन बसेका थिए।
ती पदाधिकारीका अनुसार बैठक नै अबरुद्द हुने अवस्था आए पछि कार्यकारी अध्यक्ष डा. बद्रि केसीले बीचको बाटो औल्याएका थिए।
अध्यक्ष केसीले महासिचव गौरी जोशीलाई अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी सँग पत्रचार गरि एक साता भित्र जवाफ माग गर्ने र त्यसमा चित्तबुझ्दो जवाफ नआए अनुशासन समितिमा पठाउने भनेपछि बैठक सुचारु भएको थियो।
एनआरएनए आइसीसीका सचिव गंगाधर गौतमले भने बैठकमा कुनै निर्णय नभएको बताए। ‘त्यो सम्वन्ध बैठकमा एजेण्डा थिएन। बैठक शुरु भए पछि केही साथीले विषय निकालेको भरमा निर्णय भयो भन्न मिल्दैन।’ गौतमले समाज टाइम्स सँग भने, ‘प्रस्ताव नै छैन कसरी निर्णय हुन्छ। प्रकृयागत रुपमा आउन पर्यो।’ तीन चार जनाले कुरा उठाएको भन्दैमा निर्णय भयो भन्न मिल्दैन।’