अमेरिकामा नेपाली पासपोर्टको दस्तुर ५० डलर सस्तो भयो
पेन्सिलभेनिया,अमेरिका / उत्तरअमेरिकी महादेशमा नेपाली पासपोर्ट दस्तुर ५० डलर सस्तो हुने भएको छ।
नेपालमा राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने निर्णय गरे सँगै विदेश स्थित निकायले पनि शुल्क संयोजन गरेका हुन्।
उत्तर अमेरिकामा यस अगाडि ६६ पृष्टको नियमित विद्युतिय पासपोर्टको दुई सय अमेरिकी डलर शुल्क लाग्दै आएकोमा अब एक सय पचास डलर कायम गरिएको छ।
नेपाली महाबाणिज्यदूतावास न्यूयोर्कका अनुसार यो निर्णय जुन १८ तारिक देखि लागु हुने छ।
नेपालमा दश हजार रुपैयाबाट ५० प्रतिशल कम पाँच हजार मूल्य झारिएको भए पनि उत्तर अमेरिकामा भने ५० डलर मात्र मूल्य समायोजन गरिएको छ।
यसै गरि महाबाणिज्यदूतावसले ६६ र ३४ पृष्ठ दुबै थरीका नियमित पासपोर्टको मूल्य एकै हुने पनि जनाएको छ।
र यो पनि…
राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने