‘दि ब्याटल बाल्टिमोर’मा आदित्य खनाललाई दुई पदक
मेरील्याण्ड,अमेरिका/ ‘दि ब्याटल बाल्टिमोर’ आदित्य खनालले दुई पदक जितेका छन्। दि ब्याटल बाल्टिमोर डीसी भेट्रो क्षेत्रको पुरानो मार्शल आर्टको प्रतियोगिता हो।
यो प्रतियोगिता ३७ वर्ष देखि हुदै आएको छ। मेरील्याण्ड राज्यको टाउसन स्थित भ्याली रोडमा रहेको गौचर कलेजको हलमा शनिवार सम्पन्न प्रतियोगितामा खनालले तेक्वान्दोको पुम्सेमा स्वर्ण जितेका हुन्।
एक सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा पुम्सेतर्फ खनालले ब्ल्याक बेल्ट दश देखि १२ वर्ष उमेर समुहमा प्रतिस्पर्धा गरेका थिए।
खनालले २९ दशमलव ७० अंक सहित स्वर्ण जिते। सो समुहमा तान्जिरा बैंक दोस्रो भइन्। तान्जिराले २९ दशमल ४० अंक पाएकी थिइन्। येहोनाथन शेरोन २९ दशमलव २० अंक सहित कास्यमा सिमित भइन्।
ब्ल्याक बेल्ट स्प्यारिङ १० देखि १२ उमेर समुहमा खनालले रजत पदक जिते। फाइनलमा उनी ज्याक्सन म्याकोइ सँग अंकको आधारमा पराजित भए। यस अगाडि उनले पहिलो चरणमा तान्जिरा बैकलाई हराएका थिए।
नेपालमा गोर्खाका खनाल पछिल्लो दश बर्ष देखि आफ्ना बा आमा सँग अमेरिकाको भर्जिनियामा बस्दै आएका छन्।