तेस्रो बाना कप अन्तर राज्य भलिवलमा १६ टिम
बाल्टिमोर,मेरील्याण्ड। बाना कप अन्तर राज्य भलिवल प्रतियोगिताको तेस्रो संस्करणमा पुरूष तर्फ १६ टिमले भाग लिने भएका छन् ।
बाल्टिमोर एसोसिएशन अफ नेप्लिज ईन अमेरिका (बाना) ले शुक्रवार सम्ममा टिम दर्ताको समय दिएको थियो। बानाका उपाध्यक्ष तथा खेलकुद संयोजक भिक केसीका अनुसर तोकिएको समय सम्म ६ राज्यका पुरूष तर्फ १६ टिमले नाम दर्ता गरेका हुन् ।
महिलातर्फ बुधवार सम्म टिम दर्ता गर्न सकिने छ। केसीका अनुसार टेक्सास,पेन्सिलभेनिया,न्यूयोर्क,ओहायो र भर्जिनियाका टिम मेरील्याण्ड आउने छन्।
सबै भन्दा धेरै टिम मेरील्याण्डबाट छन्। मेरील्याण्डबाट फार वेस्ट, म्याग्दी समाज(बेलमन्ट क्लब),बाग्लुङ समाज ए,बाग्लुङ समाज बी, बाल्टिमोर युथ क्लब बीवाईसीले तेस्रो बाना कप खेल्ने छन्। यस्तै रुकुम बेस्ट भन्फिकोट,एनआरएनए मेरील्याण्ड,राइजिङ स्टार, योङ ब्लडबाट मेरील्याण्डबाट प्रतिस्पर्धामा उत्रने छन् । एभरेष्ट लाएन्स क्लब भर्जिनिया,सिनसिनारिटि क्लब पेन्सिलभेनिया तथा सिन्धु क्लब,रिजउड सोसाईटी र पर्वत समाज न्युयोर्कबाट आउने छन् ।
ओहायोबाट टिम कोलम्बसले प्रतिनिधित्व गर्ने छ। सजनी टेक्सास पनि उपाधीको दावेदारी सहित वेस्टकोष्ट आउने छ।
प्रतियोगिताको जुन १० र ११ तारिक देस्रो संस्करण भएकै स्थान (8221 Preston Ct, Jessup, MD 20794) जुन १० र ११ तारिकमा हुदै छ।
अमेरिका भित्र बसोबास गर्ने नेपालीहरु बिच सद्भभाब एवम् खेलकुद विकासको उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बानाका अध्यक्ष सुवोध पन्तको भनाई छ। “पहिलो र दोस्रो संस्करणको सफल आयोजनाले हामीलाई उत्साहित बनाएको छ। यस पटक झन राम्रो गर्ने छौ।”
समाजमा उत्कृष्ट काम गरे वापत बाल्टिमोर सिटीबाट हालै मात्र सम्मानित भए अध्यक्ष पन्तले समाज टाइम्स सग भने। प्रतियोगिता संयोजक भीम केसीका अनुसार खेल तालिका बुधवार सार्वजनिक गरिने छ। प्रतियोगितामा पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर नगद पाउने छन् । उस्तै उपविजेताको भागमा तीन हजार तीन सय ३३ डलर पर्ने छ। संयोजक केसीका अनुसार महिला तर्फ बुधवार नै थप निर्णय गरिने छ।