ए डिभिजन लिगको उद्घाटन खेलमा खुमलटारको जित
काठमाडौ / सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा खुमलटार फुटबल क्लबले १–० को जित निकालेको छ। लिगको पहिलो खेलमा उसले फ्रेन्ड्स क्ललबमाथि संघषपूर्ण जित निकालेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। दोस्रो हाफको अन्तिम १ मिनेट बाँकी रहँदा मेसुकेले ओलुमेउले गोल गर्दै खुमलटारलाई जित दिलाएका हुन् ।
खुमलटारले आज ए डिभिजन लिगमा डेब्यु गरेको हो । पहिलो खेलमा नै जित निकालेर लिगमा सुखद् सुरुआत गरेको हो। उपाधि लक्ष्य लिएको फ्रेन्डसले भने हारबाट लिग सुरु गरेको छ ।