एमालेसँगको गठबन्धन राष्ट्र र संविधानको हितमा छैन दुई महिनामै त्यो तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन राष्ट्र र संविधानको हितमा नभएको टिप्पणी गरेका छन् ।
महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा बालुवाटारमा शनिवार आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले संविधान र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूको सहकार्यले जटिलता मात्र पैदा गर्ने भन्दै दुई महिनामा अहिले गठबन्धनबाट त्यो तितो अनुभव गरेको बताए ।
उनले भने ‘म प्रधानमन्त्री भएपछि जुन शक्तिहरूले बडो हौसिएर संविधानले पूर्व राजाहरूलाई बस्न दिएको छ तर अरु रुपमा चिन्दैन । ति हौसिएँ मैले के अनुभव गरे भने म जुन गठबन्धनमा छु सायद यो संविधान र राष्ट्रको हितमा छैन् । संविधान र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूको सहकार्यले जटिलता र भ्रम मात्र पैदा गर्छ मैले दुई महिनामा नै त्यो तितो अनुभव गरे ।’
उनले नेपाली कांग्रेससँग बेलाबेला उतार चढाव आएपनि फेरी एकठाउँ हुने गरेको बताए।
उनले भने ‘गिरिजा प्रसाद कोइराला जाँदै गर्दा र उहाँसँग मैले गरेको हस्ताक्षर र यो परिवर्तन जोगाउँन तपाईंले विशेष भूमिका खेल्नु पर्छ भनेका कुरा मेरो स्मृतिमा अहिले पनि छ मेरो जीवन रहँदा सम्म बिर्सन सक्दिनँ । त्यसैले बेलाबेलामा उतार चढाव आएपनि हामी ठिक ठाउँमा आईनै हाल्छौं ।’
संविधानको मर्म र भावना र देशको लागि हजारौं रगत बगाउने जनता को बलिदान र त्यागको अपमान भएको उनको भनाई छ ।
उनले बाह्र बुदेँ समझदारीको सहयात्री सम्झौताका हस्ताक्षरकर्ताहरू मिलेर मात्र देशलाई स्थायित्व दिन सकिने टिप्पणी गरे ।