न्यू योर्क जेएफकेमा सामान जफत, कान्सास सिटीमा व्यक्ति पक्राउ: हतियारको कनेक्सन हत्याकाण्डसँग
न्यू योर्क, अमेरिका / अमेरिकाको जोन एफ केनेडी (जेएफके) अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको एउटा अवैध सामानको सुराक पछ्याउँदै जाँदा कान्सास सिटीबाट एक जनालाई पक्राउ गरिएको छ।
बरामद गरिएको हतियार दुईवटा हत्याकाण्डमा प्रयोग भएको सनसनीपूर्ण खुलासा समेत भएको छ। यू.एस. कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) को सक्रियतामा अमेरिकामा ‘प्लास्टिकका गहना’ भित्र अवैध हतियारको कनेक्सन खुलेको हो ।
सीबीपीका अनुसार चीनको साङ्घाईबाट मे अन्तिम साता आएको एउटा ढुवानीमा “सजावटका लागि प्लास्टिकका गहना” लेखिएको थियो।
तर, विमानस्थलमा कडा जाँच गर्दा त्यसभित्र लुकाएर राखिएका अवैध ‘ग्लक स्विच’ फेला परे । जुन सामाग्री साधारण पेस्तोललाई स्वाचालित मेसिन गन बनाउन पार्टपुर्जाको रुपमा प्रयोग गरिन्छ ।
नक्कली नाम र हत्याकाण्डको रहस्य
सामान पठाउनेले प्रापकको नाम नक्कली राखेको भए पनि सीबीपीका विश्लेषकहरूले वास्तविक व्यक्तिको पहिचान गरे। यो विवरण फाइन्डिङ्स विथ द ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म्स एन्ड एक्सप्लोसिभ्स ‘एटीएफ’ र स्थानीय प्रहरीलाई बुझाइएपछि कान्सास सिटीमा छापा मारियो।
उक्त अपरेसनमा एक जना संदिग्ध व्यक्ति पक्राउ परे। जसको साथमा ३ वटा बन्दुक, थप ग्लक स्विच र गोलीहरू बरामद गरियो।
ब्यालिस्टिक रिपोर्टको खुलासा
फरेन्सिक जाँचका क्रममा बरामद भएको .४५ क्यालिबरको ग्लक पेस्तोल गत अप्रिल २०.तारिखमा कान्सास सिटीमा भएका दुईवटा हत्याकाण्डमा प्रयोग भएको प्रमाणित भएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।
‘नेसनल इन्टिग्रेटेड ब्यालिस्टिक इन्फर्मेसन नेटवर्क’ द्वारा गरिएको पछिल्लो विश्लेषणले खानतलासीका क्रममा बरामद गरिएको एउटा .४५ क्यालिबरको ग्लक ह्यान्डगनलाई कान्सास सिटी, मिसौरी प्रहरी विभागद्वारा अनुसन्धान भइरहेको दुईवटा हत्याकाण्डसँग जोडेको छ, जुन घटनाहरू अप्रिल २०, २०२६ मा घटेका थिए। ती हत्याकाण्डहरूको अनुसन्धान अझै जारी छ।’ विज्ञप्तीमा भनिएको छ ।
हतियारको कनेक्सन हत्याकाण्डसँग
चीनबाट न्यू योर्कको जेएफके विमानस्थलमा ‘ग्लक स्विच’ आइपुग्यो। यो सामान केन्सास सिटी बस्ने एउटा मान्छेले नाम राखेर मगाएको थियो।
विमानस्थलका अधिकारीले यो सामान समातेपछि कम्प्युटरमा त्यो ठेगानाको इतिहास हेरे।
उनीहरूले के पत्ता लगाए भने, यो मान्छेले सन् २०२१ देखि नै चीनबाट यसरी नै पटक-पटक अवैध हतियार र पार्टपुर्जाहरू मगाउने गरिरहेको रहेछ।
विमानस्थलबाट यो सूचना पाएपछि केन्सास सिटीको प्रहरी र एटीएफ्स को टोलीले ती संदिग्ध व्यक्तिको घरमा छापा मार्यो। त्यहाँ उनीहरूले त्यो मान्छेलाई पक्राउ गरे र उनको घरमा लुकाइराखेका तीन वटा बन्दुकहरू र गोलीहरू भेटाए ।
प्रहरीले ती बरामद भएका पुराना बन्दुकहरूलाई ल्याबमा टेस्ट गर्यो। हरेक बन्दुकले गोली हान्दा खोकामा एउटा छुट्टै निशान छोड्छ ।
ल्याब टेस्ट गर्दा, घरबाट बरामद भएको एउटा .४५ क्यालिबरको ग्लक पेस्तोल बाट निस्किएको गोलीको निशान र गत अप्रिल २० मा केन्सासमा भएका दुईवटा हत्याकाण्ड को घटनास्थलमा भेटिएका गोलीका खोकाहरूको निशान सय प्रतिशत एउटै देखियो।
“यो मामलाले हाम्रो देशको पोर्ट्स अफ इन्ट्री गरिने कामले कसरी देशभरका समुदायहरूमा सार्वजनिक सुरक्षालाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउँछ भन्ने देखाउँछ। साथै यसले आजको अन्तरसम्बन्धित संसारमा हरेक शहर एउटा बन्दरगाह शहर हो र हरेक शहर एउटा सिमाना शहर हो भन्ने कुराको सम्झना गराउँछ,” सीबीपीको न्यूयोर्क फिल्ड अफिसका फिल्ड अपरेसन डाइरेक्टर फ्रान्क रुसोले भने ।

















