राप्रपा प्रतिपक्ष मै बस्ने अध्यक्ष लिङ्देनको घोषणा
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले‚ आफ्नो पार्टी अब प्रतिपक्षमै बस्ने दाबी गरेका छ ।
प्रधानमन्त्री प्रचण्डलाई शनिवार आफ्नो उर्जा तथा जलश्रोत मन्त्री पदबाट राजिनामा बुझाए लगत्तै आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेलालाई सम्बोधनगर्दै अध्यक्ष लिङ्देनले पार्टी अब प्रतिपक्षमा बसेर खबरदारी गर्ने बताए ।
उनले भने अब हामी प्रतिपक्षमा बसेर खबरदारी गछौं ‚ जनताको बीचमा एजेण्डाहरू लिएर जाने काम गर्नेछौ ।’
सरकारमा बसेको छोटो समयमा पनि ऐतिहासिक काम गरेको भन्दै उनले सरकारमा गएकोमा कुनै पछुतो नभएको जिकिर गरे ।
उनले पार्टीले सरकारमा गएको ४० दिनमै ऐतिहासिक काम गरेको दाबी गरे । ‘सरकारमा गएको ४० दिनमै उर्जा क्षेत्रमा क्रान्तिकारी परिवर्तनका लागि जग हालेका छौ । जिम्मेवारी लिएका तीनवटै मन्त्रालयमा ऐतिहासिक काम गरेका छौँ ।’ लिङ्देनले भने।
उनले छोटो समय सरकारमा गए पनि बेकार गएछौँ भन्ने नभई मौका पाए साँच्चै गर्न सक्ने रहेछौं भन्ने कुरा स्थापित गरेको दाबी गरे ।
उनले भने ‘म फेरि पनि तपाईँहरूलाई भन्छु कोही पनि साथीहरुले छोटो समय सरकारमा गएछौँ बेकार भो भनेर चिन्ता लिनु पर्दैन हामीले मौका पायौँ भने इमानदारी पूर्वक पनि काम गर्छौ सुशासन पनि कायम गर्छौ भ्रष्टाचार साँच्चिनै नगर्ने रहेछौं र काम गर्न सक्ने रहेछौं भन्ने कुरा स्थापित गरेर आएका छौ र त्यो आगामी दिनमा देखिने वाला छ ।’